वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकलाई राष्ट्र बैंकले भन्यो,‘अव सिभिलमा लगानी नगर्नुस्’

अर्थटुडे
२०७६ जेष्ठ २१, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकलाई सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा थप लगानी गर्न रोक लगाएको छ । राष्ट्रिय सहकारी बैंकमा सिभिल सहकारीले दिएको धितो सार्वजनिक जग्गा भएको भन्दै अख्तियारले समेत छानविन सुरुगरिसकेकोले सहकारी बैंकलाई थप ऋण प्रवाहका लागि राष्ट्र बैंकले रोकेको हो । बैंकले सिभिल सहकारीलाई १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

सिभिल सहकारी भने बन्द हुने अवस्थामा रहेको छ । गत दुईतिनदिन यता सिभिल सहकारी बन्द भएको भनेर महानगरपालिकामा निवेदन दिनेको लर्को रहेको काठमाडौ महानगरपालिका सहकारी विभाग प्रमूख नवराज ढकालले जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बचतकर्ताहरुको बचत फिर्ता गर्न नसक्ने अवस्थामा सिभिल सहकारी पुगेको छ, उसलाई बचाउने जिम्मा हाम्रो हो जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले पत्रकार सम्मेलनमा भने । कार्यक्रममा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङले अहिले सिभिल सहकारी समस्यामा परेको र सम्पुर्ण सहकारी मिलेर यसलाई जोगाउनुपर्ने बताए ।

सिभिल सहकारीले सर्वसाधारणबाट बचत संकलन गरी नियम विपरित घरजग्गा र हाउजिङ व्यवसायमा ९० प्रतिशतले लगानी गरेको तामाङले स्वीकार्दै भने आगामी दिनमा हामीहरु नियमअनुसार नै काम गर्ने छौ ।

नयाँ सहकारी ऐनमा पनि सहकारी सहकारीविच एक अर्काबाट पैसा सापट वा कर्जा लिन पाउने व्यवस्था छ । सोही आधारलाई टेकेर सिभिल सहकारी अन्य सहकारीलाई आग्रह गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ