काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ताकोषबाट सदस्यले पाउने रकम बाँडफाँड गरेको छ ।
बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्राबधान अनुरूप आर्थिक बर्ष २०७४\०७५को संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेको हो ।
संरक्षित पूँजी फिर्ताकोषबाट प्राप्त हुने रकम बैंकमा नियमित कारोबार गर्ने संघ\संस्थाको खातामा विहिबारदेखि नै जम्मा गर्ने व्यवस्था मिलाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रीकुमार गुरागाईले जानकारी दिए ।
सदस्य संघ\सस्थाले जम्मा गरेको बचत रकमको लागी ४०% र कर्जामा तिरेको ब्याजको लागि ६०% भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरिएको पनि सिइओ गुरागाईले जानकारी दिए ।
कर्जा कारोबार गर्ने ३३ सय भन्दा बढी संघ÷संस्था र बचत कारोबार गर्ने नौ हजार भन्दा बढी संघ\संस्था आर्थिक बर्ष २०७४÷०७५ कोे संरक्षित पूँजी फिर्ताकोषबाट लाभान्वित भएको बैंकले जनाएको छ ।
सबैभन्दा बढी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ नौ लाख ४२ हजारसम्म र कर्जा तर्फ सात लाख २१ हजार रकमसम्म प्राप्त गर्न सफल भएका छन्।
प्रतिक्रिया