वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिग मर्जरबारे राष्ट बैंकले पूर्व गर्भनरहरुसँग छलफल गर्दै

अर्थटुडे
२०७६ असार २५, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पूर्वसन्ध्यामा पूर्व गभर्नरहरुलाई आन्तरिक छलफलमा बोलाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अघि सार्न लागेको बिग मर्जरबारे छलफल डाकिएको बताइएको छ ।

होटेल र्‍याडिसनमा विहिबार बोलाइएको छलफलमा मौद्रिक नीतिका बारेमा सुझाव लिनेछन् । यसमा मुख्य गरी बाणिज्य बैंकहरुको संख्या घटाउनका लागि राष्ट्र बैंकले अघि सारेको नीतिका बारेमा छलफल हुनेछ ।

बैंकहरुको पुँजी बढाएर प्रशंसा बटुलेका गर्भनर नेपाले यसपटक बिग मर्जरको नीति सफल बनाएर आफ्नो उचाइ बढाउन चाहान्छन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेका उनी यसलाई एतिहासिक बनाउने सोचमा रहेको बुझिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ