वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रमिक सहकारी प्रवद्र्धनका लागि पूर्व सहकारी शिक्षा

अर्थटुडे
२०७६ असार २५, बुधबार

काठमाडौं । श्रमिक सहकारीको प्रवद्र्धन गर्नका लागि राष्ट्रिय सहकारी महासंघले पूर्व सहकारी शिक्षा तालिम गरेको छ । सहकारी विभागको सहयोगमा भएको तालिममा विभिन्न क्षेत्रका दुई दर्जन श्रमिकहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दैै महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जन्म श्रमिक सहकारीको तहबाट भएको बताए । उनले श्रमिक सहकारीको ठूलो महत्व रहेको र श्रमिक जनताप्रति आदरभाव प्रकट गर्नुपर्ने बताउँदै सहकारीले सबैको सम्मान गर्न सिकाउने पनि उल्लेख गरे ।

कार्यक्रममा महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी दर्ता गरेपछि संचालन प्रक्रियाको विषयमा जानकारी गराएकी थिइन् । यस्तै सहकारी मूल्य मान्यता र सिद्धान्तबारे काठमाडौं महानगरपालीका सहकारी विभागका प्रमुख नवराज ढकाल र कार्यक्रमको उद्देश्यमाथि महासंघका नायव महाप्रबन्धक बाबुल खनालले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ