वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्या लाईफले ल्यायो १८ प्रकारका रोगहरु विरुद्धको रक्षावरण

अर्थटुडे
२०७६ असार २५, बुधबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले क्यान्सर, हृदयघात, मृगौला फेलसहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी, हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरुमध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ ५० लाख सम्म भुक्तानी हुने कम्पनीले जनाएको छ ।

भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षित हुने उत्तम उपायका रुपमा यो योजना रहेको कम्पनीले जनाएको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमा वा बीमितले बीमा बार्षिकोत्सबमा मुल बीमाङ्क बराबरको यो सुविधा लिन सक्नेछन् ।

यस योजनामा न्युनतम बीमा शुल्कमा १८ घातक रोगहरुको रक्षावरण; रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा दाबी रकम पाउने, ५० लाखसम्मको एकमुष्ट रकम भुक्तानी, १६ वर्ष देखि ६० वर्षसम्मको बीमितले लिन सकिने र ३५ वर्ष सम्मको बीमा अवधि वा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने विशेषता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीबाट जारी भएका सबै बीमा लेखहरुमा यो सुविधा उपलब्ध गराइएको छ । यो पुरक करार प्रचलनमा ल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरुलाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमालेखमा यो सुविधा लिन सकिने व्यवस्था गरिएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ