वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिभोर्सपछि विक्रि भयो सिर्जनाको सिभिल बैंकको साढे १७ करोडको संस्थापक सेयर

अर्थटुडे
२०७६ असार २५, बुधबार

काठमाडौं । नक्कली डिभोर्सको कागज राष्ट्र बैंकमा बुझाएपछि सिभिल बैंकको १७ करोडको ५३ लाख ५९ हजार ४०० रुपैयाँ बराबरको संस्थापक सेयर विक्रि भएको छ । सिर्जना शाक्यले श्रीमान् इच्छाराज तामाङसँग डिभोर्स भएको कागज नेपाल राष्ट्र बैंकमा दिएपछि राष्ट्र बैंकले सिर्जनाको नाममा रहेको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर विक्रिका लागि अनुमति दिएको थियो ।

श्रीमान् बैंकको अध्यक्ष भएको बखतमा नै श्रीमतिले संस्थापक सेयर विक्रि गर्न नमिल्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण सिर्जना र तामाङविच कागजी सम्बन्धविच्छेद भएको हो । तामाङ पुर्व अध्यक्ष भएको सिभिल सहकारी डुव्न लागेपछि त्यसलाई जोगाउनका लागि शाक्यले आफुसँग भएको संस्थापक सेयर विक्रि गरेकी हुन् ।

नेपाल स्टक एक्सेचेन्ज (नेप्से)का अनुसार बुधबार सिभिल बैंकको १७ करोड ५३ लाख ५९ हजार ४०० रुपैयाँको संस्थापक सेयर बिक्री भएको छ । सो सेयरको कारोबार बुधबार भएको हो । शाक्यको उक्त सेयर १० नम्बर ब्रोकरबाट बिक्री गरेको थियो भने ब्रोकर नम्बर ४४ बाट किनीएको छ ।

बैंकले यसअघि उनको नाममा रहेको सेयर लिलामी गर्ने भन्दै बोलकबोलका लागि आव्हान गरेको थियो । व्यवसायमा समस्या पर्दै गएपछि नक्कली डिभोर्स गर्ने प्रचलन उर्जा व्यवसायी गुरु न्यौपानले चलाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ