वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुलेखानीको बाध खोलिदै, गृहले भन्यो सर्तक रहनु

अर्थटुडे
२०७६ असार ३०, सोमबार

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएपछि आयोजनाले बाध खोलेर पानि निकास गर्ने भएको छ । अविरल वर्षाका कारण कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको हो ।


पानी निकास गर्ने निर्णय भएसँगै गृहले सूचना जारी गर्दै मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ