वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रजिष्ट्रारले भने, ‘भावनामा बगेर सहकारीको व्याजदर तोकिदैन’

अर्थटुडे
२०७६ श्रावण १४, मंगलवार

काठमाडौ । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीको सन्दर्भ व्याजदर सम्पुर्ण सहकारीलाई रिझाउनेगरी नआउने स्पष्ट पारे । ‘भावनामा बगेर सहकारीको ब्याजदर नतोकिने हुदैँन’, डा. पाण्डेले भने ।
उनले सहकारीको सन्दर्भ व्याजदर तोक्दा समग्र सहकारी सहकारी क्षेत्रमा राम्रो हुन्छ भने केही असन्तुष्ट भएपनि केही फरक नपर्ने बताए ।

उनले सहकारी ऐन र नियमावली अनुसार चाडै नै व्याजदर तोक्ने जानकारी दिए । उनले सहकारी नियमावलीले तोकिएको सुचक र सुत्रहरुको आधारमा रहेर नै सन्दर्भ व्याजदर तोक्दा कसैलाई नराम्रा लागेपनि केही फरक नपर्ने बताए ।
सहकारी नियमावली २०७५ अनुसार नै सहकारी विभागले उपरजिष्टार शशि लम्सालको संयोजकत्वमा सन्दर्भ व्याजदर अध्ययन समिति (जुन कोर टेक्निकल कमिटी) हो सो बनाएको थियो। सो समितिले नियमावलीमा राखिएको प्रावधानमा नै रहेर साढे १२ देखि पौने १३ प्रतिशत भन्दा माथि जान नमिल्ने गरी व्याजदर तोक्नुपर्ने भनी अध्ययन प्रतिवेदन बुझाएको थियो।

सहकारी पत्रकार समाजले सोमबार सहकारीमा सन्दर्भ व्याजदरको विषयक छलफल कार्यक्रममा रजिष्ट्रार पाण्डेले सोही तर्फ इंकित गर्दै भने, हामीले सन्दर्भ व्याजदर तोक्दा विभिन्न सुचक र सुत्रहरुको आधारमा नै रहेर व्याजदर तोक्ने हो, यदी कोही कसैलाई मन पर्दैन भने केही गर्न सकिदैन ।

डा.पाण्डेले सहकारीमा सहकारी ऐन २०७४को धारा ५१ अनुसार बेसरेट भन्दा पनि रिफरेन्स रेट मात्र तोकिने बताउदै भने,‘ सन्दर्भ व्याजदर तोक्ने विषय सहज होला भन्ठानेको थिएँ तर धेरै नै कठिन रहेछ र मैले दवाव महसुस गरिरहेको छु ।’

अभियानले के भने

त्यस्तै सोही कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सन्दर्भ व्याजदरको विषयमा आफ्नो कुनै अडान नरहेको स्पष्ट पार्दे महासंघले पठाएको व्याजदरको सुझावको वरपर रहेर तोक्न आग्रह गरे । ‘सहकारीको सन्र्दभ ब्याजदर निर्धारण गर्न अपरिहार्य भइसकेको छ’,उनले भने,‘साढे १६ प्रतिशत भन्दा तल झारिए सहकारी मर्कामा पर्ने निश्चित छ ।’

ब्याजदर निर्धारणका लागि महासंघले साढे १७ प्रतिशत सिफारिस गरेपनि समितिले उचित निर्णय गर्ने बडालले बताए । ‘सन्दर्भ ब्याजदर निर्धारण गर्ने विषय सरकारले लादेको विषय होइन, यो अभियानका लागि अपरिहार्य विषय हो ।’ उनले भने । सहकारीमा समस्या भएको स्वीकार गर्दै अध्यक्ष बडालले चल्न नसके सहकारी मर्जरमा जानुपर्ने बताए ।

बहुदेश्यीय सहकारी केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सन्दर्भ व्याजदर तोक्न चाडो गर्न नहुने भन्दै अझ समय लगाएर अध्ययन गरेपछि मात्र तोक्नुपर्ने धारणा राखे । उनले अहिलेको सहकारी ऐन र नियमावली नै परिवर्तन गरेर मात्र सन्दर्भ व्याजदर तोक्नुपर्ने उनको भनाई थियो । भण्डारीले सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा कार्यान्वयन गर्न सहज हुनेगरी गर्नुपर्ने बताए । ‘यो लिने र दिने तथा माग र आपुर्तीले निर्धारण गर्ने कुरा हो’ उनले भने ।
नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र विष्टले केही सहकारीले थोरै ब्याजदरमा पनि ऋण दिने गरेको भन्दै सहकारीको ब्याजदर घटाउन सकिने बताए । ‘छलाङ मारेर २४÷२५ प्रतिशतलाई झारेर १२÷१३ प्रतिशत बनाउन सकिने अवस्था छैन्,’उनले भने।

????????????????????????????????????

सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा नियम मान्ने कि व्ववहार मान्ने भन्ने प्रश्न खडा भएको उनको भनाइ छ । कुुनै समयमा बैंकको ब्याजदर बजारलाई छोडिएपनि त्यसले समस्या सिर्जना गर्दा पछिल्लो समयमा आधार ब्याजदर निर्धारण गर्न थालिएको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डीबी बस्नेतले बैंकको पहुँच नभएको ठाउँमा सहकारीको ब्याजदर कम भएको बताए । ‘बैंकसँग प्रतिष्पर्धा गर्नुपर्दा सहकारीको ब्याजदर बढी हुन पुगेको छ’ उनले भने ।
सो कार्यक्रममा सहकारी अभियानका अन्य नेताहरुले सहकारीको व्याजदर कम्तीमा लघुवित्त सरहको हुनुपर्ने धारणा राखे ।

सहकारी विषेषतः ३ प्रकारको (नाफामुखी, समुदायमा आधारित र ग्रामीण भेगमा सहकारी गर्ने लक्ष्यका साथ खोलीएको) हुने भएकोले सोही तवरले सन्दर्भ व्याजदर तोक्न आग्रह गरे । कार्यक्रममा उपरजिष्ट्रा शशि लम्सालले सहकारीको अहिलेको अवस्था र सन्दर्भ व्याजदर तोक्नको लागि भएको ढिलाईको विषयमा स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ