वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकास बैंक तीन पटकमा ४३ करोड भन्दा बढी लुटियो

अर्थटुडे
२०७६ आश्विन ८, बुधबार

काठमाडौ । कृषि विकास बैंकबाछ चार करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको छ । नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजनाका साथ भारतीय काले भन्ने पिटरले नेपालीहरुलाई परिचालन गरी सो रकम लुट्ने प्रयास गरेको थियो तर सो प्रयास प्रहरीका कारण सफल भएको छ । पिटरले लामो समयदेखि मुम्बईमा बसेर बैंक लुट्ने योजना बनाएको प्रहरीको भनाई छ। बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी सो चोरीमा संलग्न १२ जनालाई पक्राउ गरेको जनाएको छ । तर चारजनाको नाम सार्वजनिक गरेपनि अरुको नाम सार्वजनिक भने गरेन । तर नेपाल राष्ट्र बैंकले भने तीन जना कर्मचारी सो काण्डमा संलग्न रहेको बताएको छ ।
यो घटनासँगै कृषि विकास बैंक तीन पटक लुटिइसकेको छ । पाँच बर्षको अवधिमा एउटै बैंक तीन पटक लुटिएको यो पहिलो घटना हो । यो सहित गरी कृषि विकास बैंकबाट ४३ करोड १० लाख ९ हजार ४८३ रुपैयाँ चोरी भइसकेको छ ।
पहिलो पटक २०७१ सालमा सो बैंक आफ्नै कर्मचारीबाट लुटिएको थियो भने दोस्रो पटक २०७४ मा लुटिएको थियो । यो सम्म बैंक लुटिएको तेस्रो पटक हो त्यो पनि आफ्नै कर्मचारीबाट । असोज ०७१ मा कृषि विकास बैंकको स्वयम्भु कार्यालयबाट ३३ करोड ९३ लाख ३९ हजार आठ सय ७२ रुपैयाँ गायब भयो। काल्पनिक नाममा कीर्ते कागज बनाई रेमिट्यान्समार्फत कृषि विकास बैंकका १७ वटा शाखाबाट उक्त रकम बैंकका कर्मचारीहरु नै संलग्न भएर निकालिएको पुष्टी भएको थियो ।
कृषि विकास बैंकका सात वटा शाखा तथा अन्य बैंकमा नक्कली ग्राहक बनाई ०७१ असोजदेखि ०७२ असारसम्म उक्त रकम निकालिएको खुलेको अनुसन्धानको क्रममा खुलेको थियो । तत्कालिन समयमा उक्त घोटालाका मुख्य अभियुक्त केदार गौतम, सम्झना पोखरेल, जेनी श्रेष्ठ, गीता पन्त, भरतबहादुर बानियाँ, सुमुन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र रामकुमार गुम्हार पक्राउ परे। उनीहरूमध्ये अधिकांश अदालतको आदेशबाट धरौटीमा रिहा भइसकेका छन्।
त्यस्तै सोही बैंकमा १३ मंसिर ०७४ मा दीपिका रेग्मी बैंकको रकम हिनाविना गरेको भन्दै पक्राउ परिन् । नेपाल प्रहरीको सीआईबीले गरेको अनुसन्धानबाट उनले इलेक्ट्रोनिक क्लियरेन्स चेक (ईसीसी)मार्फत आफन्तको खातामा चार करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ पठाएको पुष्टी भयो ।
सीआईबीको अनुसन्धानका क्रममा दीपिकाका सहयोगीहरू प्रकाश घतानी, रमेशकुमार थापा, प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्टा, सलिल रेग्मी र तारानाथ पाण्डे पक्राउ परे। दीपिकाको मुद्धा अगाडी बढ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ