काठमाडौँ । अन्तर्राट्रिय सहकारी महासंघको विश्व सम्मेलन सोमबारदेखि रुवान्डाको किगालीमा सुरु भएको छ । सो सम्मेलनमा विश्वभरबाट ९४ वटा देशबाट एक हजार भन्दा बढीको सहभागिता रहेको छ । आइसीमा १०९ वटा देशका ३१२ वटा संस्था सदस्यता लिएका छन् ।
सम्मेलनको उद्घाटन स्थानीय सरकारका उद्योग तथा बाणिज्य मन्त्री सोराया हाकुजीयारेमेले र आइसीएका अध्यक्ष एरियल ग्वार्कोले गरेका थिए । सम्मेलनमा विश्भरका सहकारीकर्मीहरु रुवान्डाको किगालीमा भेला भएका छन् ।
सहकारी मार्फत समग्र मानव विकासको सहयोग गर्ने उदेश्यका साथ भेला भएका सहकारीले आगामी दिनमा कसरी अगाडी बढ्ने र सहकारी मार्फत सयुक्तराष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्तिको लागि कसरी सघाउ पुर्याउने सकिन्छ भन्ने विषयमा छलफल गरी आगामी दिनको लागि लक्ष्य निर्धारण गर्ने छन् ।
मंगलबार सहकारी आन्दोलन र असमान विचारधारा, महिला इम्पावरमेन्ट र दिगो विकास,सहकारी मोडेल मार्फत उद्यमशिलतामा इनोभेसन र मुल्य श्रृङखला र नैतिक समावेशीको ग्लोवलाइजेसन गरी चारवटा प्यारारल सेसन रहेको छ ।
त्यस्तै बुधबार पनि विभिन्न विषयमा तीनवटा प्यारारल सेसन हुने आइसीले जनाएको छ । कार्यक्रममा अध्यक्ष एरियल ग्वार्कोले सहकारीले समग्र विकासका लागि कसरी काम गर्न सक्छ ? भनेर अफ्रिकामा बसेर छलफल गरिने र लक्ष्य तय गरिने बताए ।
उनले समग्र मानव विकासको लागि सहकारी अग्रणी भुमिका खेल्ने ग्वार्कोले बताए । उनले कम्पनी नाफामुखी हुने तरर सहकारीले समग्र मानव विकासको लागि काम गर्ने भएकोले कम्पनी भन्दा फरक भएको बताए ।
उनले सहकारी मार्फत एक करोड ७५ लाख भन्दा बढी सहकारीबाट २ अर्ब भन्दा बढी सदस्यले सेवा लिइरहेको बताए ।
हाल रुवान्डामा मात्र ९० प्रतिशत साना विजनेश र ४० प्रतिशत रोजगारी सहकारीमा निर्भर रहेको छ ।
प्रतिक्रिया