वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘रोजडेल पायोनिर अवार्ड २०१९’ बाट अमेरिका र दक्षिणकोरिया सम्मानित

अर्थटुडे
२०७६ आश्विन ३०, बिहीबार

रुवान्डा। सहकारीमा उल्लेखनीय योगदान पुर्र्याएको भन्दै अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले दुइजनालाई ‘रोजडेल पायोनिर अवार्ड २०१९’ बाट सम्मानित गरेको छ । रुवान्डाको किगालीमा भइरहेको सहकारी विश्व सम्मेलनको अवसरमा सो अवार्डद्धारा अमेरिकाको हावार्ड ब्रोडस्की र दक्षिण कोरियाका डा.वियोङ वन किमलाई सम्मानित गरिएको हो ।

सम्मानित हुने ब्रोडस्की र डा.किमले विश्वभरको सहकारी अभियानमा निक्कै ठुलो योगदान दिएको आइसीएले जनाएको छ । सो अवार्डका लागि २१ जनाको आवेदन परेको आइसीएकी सन्चालक समिति सदस्य ओमदेवी मल्लले जानकारी दिए ।

यो समग्र सहकारी क्षेत्रकै सबैभन्दा ठुलो अवार्ड हो । सो अवार्ड आइसीएका अध्यक्ष एरियल ग्वार्को र रुवान्डाको संघिय सरकारका उद्योग तथा बाणिज्य मन्त्री साराया हाकुजियारियामैले संयुक्त रुपमा प्रदान गरेका छन् ।

आइसिएका अध्यक्ष एरियल ग्वार्कोका अनुसार अबार्डका लागि धेरैजनाले निवेदन दिएका थिए तर आइसिएले त्यस्ता व्यक्तिलाई अवार्डबाट सम्मानित गरेको छ,जसले विश्वभरको सहकारीको प्रबद्र्धन र विकासको लागि धेरै काम गरेका छन् भने उनीहरुले आफ्नो सम्पुर्ण जीवन नै सहकारीका लागि अर्पण गरेका छन् ।

अबार्डबाट सम्माति भएका हावार्ड सिसिए ग्लोवल पार्टनरका कार्यकारी तथा सहसस्थापक हुन् । यो संस्था अमेरिकाको सबैभन्दा ठुलो सहकारी हो । उनले उनले चिड्रेन केयर, फ्लोरिडको उत्पादन गरेर व्यापार गर्दै आइरहेको छ । त्यस्तैगरी उनले विश्वमा सहकारीको प्रबद्र्धन र सहकारी चेतना बढाउन काम गरिरहेका छन् ।

त्यस्तै अर्का सम्मानित डा.किम कोरियाको कृषि सहकारी केन्द्रिय संघको नेतृत्व गरिरहेका छन्। डा. किमले उनको क्यारियर १९७८ मा एक सहकारीको सदस्यको रुपमा गरेका हुन्। उनी सन् २०१६ मा उनी नेशनल एग्रिकल्चर सहकारी सस्थाको अभ्यक्ष भएको थियो । उनी आइकावोको अध्यक्ष भए्रर पनि काम गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ