काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगीको अभियोगमा पक्राउ परेका उद्योगी एवं पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राख्न आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।
उनीहरुलाई प्रहरीले हाउजिङ कम्पनीमा ठगी गरेको आरोपमा पक्राउ गरेको हो । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
मंगलबार सर्वोच्च अदालतले ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो ।
प्रतिक्रिया