वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुपज्योति हिरासतमुक्त

अर्थटुडे
२०७६ कार्तिक २९, शुक्रबार

कठमाडौ । पूर्वराज्यमन्त्री तथा व्यावसायी रूप ज्योति जाहेरीवालासँग मिलापत्र भएपछि हिरासतमुक्त भएका छन्। हाउजिङ निर्माण गरिदिने भन्दै सर्वसाधारणको रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका थिए  ।
ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेपछि उनलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेको थियो । सोही आधारमा रुपज्योतिलाई हिरासत मुक्त गरिएको हो ।
रुपज्योति र उनकी छोरी सुरुचिलाई गत कात्र्तिक २२ गते महानगरीय प्रहरी परिसरले ठगीको आरोपमा सिंगापुरबाट आउदै गर्दा एयरपोर्टबाट नै पक्राउ गरी हिरासतमा राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ