वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायवलको सदस्यलाई स्मार्ट बैंकिङ र बिमा

अर्थटुडे
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । रिलायबल बचत तथा ऋण सहकारी संस्थाले २१औँ वार्षिक साधारणसभाका अवसरमा स्मार्ट बैकिङ सेवा सुुरुवात गरेको छ । संस्थाले सदस्यलाई ई तथा एसएमएस बैंकिङ, युुटिलिटी बिल भुुक्तानी सेवालगायत सुुविधा प्रदान गर्ने घोषणा गर्नुुका साथै यसको प्रयोगबारे जानकारी दिएको थियो । रिलायबल सहकारीले संस्थाका सदस्यका लागि स्वास्थ्य बिमा र जीवन बिमाका विभिन्न योजनाबारे सदस्यलाई जानकारी गराइएको थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले अब सहकारीले नयाँ प्रविधिलाई अवलम्बन गर्नुुपर्ने बताउँदै नयाँ र स्मार्ट बैकिङ सेवा प्रदान गर्न सके मात्र सदस्यको वित्तीय आवश्यकता पूरा हुुने बताए । राष्ट्रिय सहकारी संघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेले कुुशल नेतृत्वले संस्थालाई सफलतातर्फ डोहोर्याउने बताए । घिमिरेले यस संस्थाले अभियानलाई नै हाँक्ने नेतृत्व पाएको बताए ।

नेफ्स्कुुन सञ्चालक एवम् कास्कुनका अध्यक्ष दीपक पनेरुले धेरै संस्थामा एकैजना सदस्य हुुने व्यवस्थालाई ऐनले रोक लगाएकले राम्रो संस्था रोज्नुुपर्ने अवस्था आएको बताए ।
जिल्ला सहकारी संघ लि.का काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले सहकारी अभियानलाई कस्तो बनाउने भन्ने कुरा सहकारीकर्मीकै हातमा रहेको र सहकारी अभियन्ताले समेत यसलाई मनन गरेर अघि बढाउनुुपर्ने बताए ।

उत्कृष्ट सञ्चालक, कर्मचारी, सदस्य तथा ज्येष्ठ नागरिक सम्मानित

वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट सञ्चालक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बालबचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मानित गरिएकोको थियो । साथै संस्थाले दुईजना ज्येष्ठ सदस्यलाई समेत सम्मानित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ