वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उप्रेती फकाउने बडाल अस्त्र : बैंकको साधारणसभाका लागि महासंघको ह्विप

अर्थटुडे
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडाल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको सम्बन्ध यतिबेला पानी बाराबारको छ । दुवै जना आमुने—सामुने हुँदा सामान्य बोलचाल गर्छन, त्यसबाहेक अन्य विषयमा छलफल र सहकार्य छैन ।

राजनीतिक आस्थाका एकै पनि यो अवस्था आउनुको मुख्य कारण हो बैंकको गत वर्ष सम्पन्न निर्वाचन । बडालले बैंकमा रमेश पोखरेलाई अध्यक्ष बनाउन लविङ गरेपछि उप्रती—बडालको सम्बन्धमा चिसोपना सुरु भएको हो । चुनावबाट विग्रीएको दुई अध्यक्षबिचको सम्बन्ध अझै सुमधुर हुन सकेको छैन । पछिल्लो समय सन्दर्भ व्याजदरको विषयले यी दुईको सम्बन्ध झनै विग्रीएको छ । बडाल सन्दर्भ व्याजदरको पक्षमा छन् भने उप्रेती त्यसको विपक्षमा ।

दुई अध्यक्षबिच सम्बन्ध विग्रीएका बेला महासंघले बैंकको साधारणसभामा उपस्थित हुनका लागि जारी गरेको सूचनाले सहकारी क्षेत्र तरंगित भएको छ । सूचनालाई सहकारी वृत्तमा बडालले अघि सारेको अस्त्रका रुपमा व्याख्या गर्न थालिएको छ ।

मंसिर ८ गते सामाजिक संजालबाट अध्यक्ष बडालको नाममा महासंघले सुचना जारी गरी भनेको छ — ‘राष्ट्रिय सहकारी महासंघ लि. नेपालको सक्रिय सदस्य राष्ट्रिय सहकारी बैंक लिमिटेडको मिति २०७६ पुस ३ गते बिहीबारका दिन भृकृटुीमण्डप परिसर, प्रदर्शनी मार्ग काठमाडौंमा विहान ८ बजे १६ औं बार्षिक साधारण सभा हुन गइरहेको हुँदा त्यस बैंकका सेयर सदस्यसमेत रहेका यस महासंघका सम्पूर्ण सदस्य संघहरुलाई सो दिन कुनै पनि कार्यक्रम नराखी सो साधारण सभामा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

उप्रेतीसँग विग्रीएको सम्बन्ध सुधार गर्नका लागि बडालले उक्त सूचना जारी गर्न लगाएको बताइएको छ ।
यसअघिसम्म महासंघले कुनै पनि संघहरुको साधारणसभाबाट सूचना जारी गरेको छैन । यसैगरी बैंकको साधारणसभाको भोलिपल्ट पुस ४ गते तोकिएको नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्सकून) को साधारणसभा बारेमा समेत महासंघले केहि बोलेको छैन । नेफ्सकूनको साधारणसभा नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले बैंकको भन्दा महत्वपूर्ण हो ।

सूचनालाई उप्रेती फकाउने अस्त्रका साथै महासंघको चुनावी रणनीतिका रुपमा समेत व्याख्या गरिएको छ । बैंकका पूर्व अध्यक्ष पोखरेललाई महासंघको उपाध्यक्ष बनाउने र त्यसका लागि समेत वातावरण बनाउनका लागि उप्रेतीलाई फकाउनकै लागि सूचना जारी गरेको चर्चा सहकारी बृत्तमा छ । यसका लागि पोखरेलले नै भूमिका खेलेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ