काठमाडौं । सहकारी संस्थाहरुको काम के हो ? संस्था दर्ता गर्दा नियामक निकायबाट स्विकृत विनियममा नै यसबारे स्पष्ट उल्लेख हुन्छ । तर, अनुगमन गर्ने निकायले अनुगमन नगरेपछि सहकारी दर्ता भएपछि विनियमालाई धोती लगाउदै कमाउमै केन्द्रीत छन् । कमाउनकै लागि सहकारीको आडमा जे पनि गरिरहेका छन् ।
सहकारीका यस्तै एउटा विकृत्ती कागेश्वरी मनोहरा नगरपालीका—२ स्थिती सहयोगी बचत तथा ऋण सहकारी संस्थामा देखिएको छ । नामनै बचत तथा ऋण भएकाले यसले सदस्यलाई बचत गर्न सिकाउने र उनीहरुलाई उद्यमशिल बनाउनका लागि ऋण लगानी गर्नुपर्ने हो । तर, यो संस्था पैसा कमाउनका लागि सदस्यहरुलाई विदेश भ्रमण गराउन समेत थालेको छ । संस्थाले सुचना नै जारी सदस्यलाई थाइल्याण्ड र इन्डोनेसिया भ्रणका लागि अफर सार्वजनिक गरेको छ ।
संस्थाका प्रवन्धक महेश श्रेष्ठको हस्ताक्षरमा सार्वजनिक सुचनामा अनुमानित ८२ हजार रुपैयाँमा दुई देशको भ्रमण गराउने भन्दै त्यसका लागि इच्छुकलाई पासपोर्ट र अन्य कागजात बुझाउन भनेको छ । उक्त संस्थाले आफ्नो लेटरप्याडमा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) सँग आवद्ध भएको भनेर उल्लेख गरेको छ ।
बचत तथा ऋण सहकारी संस्थाले सदस्यबाट बचत संकलन तथा ऋण लगानी बाहेक अन्य व्यवसाय गर्न नहुने लविङ गर्दै आएको नेफ्स्कूनका सदस्य संस्था भने कमाउनकै लागि ट्राभल ऐजेन्सीले गर्ने काम समेत गर्न थालेको पुष्टि भएको छ ।
सरकारले सहकारीको नियमन अधिकार स्थानिय तहसम्म हस्तान्तरण गरेसँगै सहकारीको अनुगमन प्रभावकारी हुन सकेको छैन । यहि मौकामा सहकारी संस्थाहरु आफुखुशी आम्दानी हुने हरेक काम गर्न थालेको र यसमा अभिभावक संघसंस्था र नियामकको ध्यान पुग्न सकेको छैन ।
प्रतिक्रिया