वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कूनको अध्यक्षमा पुन : डिबी बस्नेतको सम्भावना

अर्थटुडे
२०७६ मंसिर २६, बिहीबार

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी कन्द्रीय संघ (नेफ्स्कून) को अध्यक्षमा पुन डिबी बस्नेतको सम्भावना देखिएको छ । भावि अध्यक्षका लागि बस्नेतका साथै बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले समेत दावीदारी पेश गरेपनि बस्नेतको पक्षमा लविङ बलियो बन्दै गएको छ ।

पौड्यालको कार्यशैली परिपक्क नभएको भन्दै बस्नेतलाई नै पुनः अध्यक्ष बनाउनका लागि सहकारीकमा बरिष्ठ नेताहरु नै लागेका छन् । बस्नेतले सन्दर्भ व्याजदर निर्धारण तथा कार्यन्वयमा प्रभावकारी भूमिका खेलेको भन्दै नियामक निकाय सहकारी विभागका साथै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय समेत उनको पक्षमा देखिएको छ ।
“पौड्यालको तुलनामा बस्नेतको नेतृत्व परिपक्क देखिएको छ” स्रोतले भन्यो, “त्यसैले एक कार्यकाल बस्नेतलाई नै निरन्तरता दिने सम्भावना धेरै छ ।”

बस्नेतको पक्षमा विभागका रजिष्टार डा. टोकराज पाण्डेका साथै मन्त्री पद्मा अर्याल समेत रहेको सहकारी क्षेत्रमा चर्चा छ ।
यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडाल समेत बस्नेतकै पक्षमा खुलेर लागेका छन् । उनी अर्का दावेदार पौड्याललाई महासंघको संचालकमा सेटल गराएर भएपनि पनि बस्नेतलाई पुनः एक कार्यकाल दिनका लागि लविङ गरिरहेका छन् ।

गत वर्ष नै नेफ्स्कूको साधारणसभाले विनियम परिवर्तन गरी कार्यकाल चार वर्षको बनाएको थियो । तर पौड्याल पक्षधरले पुरानो विनियम देखाएर एक वर्ष अघि नै निर्वाचन सहितको साधारणसभा गर्न दवाव दिएको थियो ।
बस्नेत एक वर्ष पछि साधारणसभा गर्ने पक्षमा भएपनि पार्टीबाट दवाव आएसँगै संचालक समितिको बैठकमा आफु अल्पमतमा पर्ने भएपछि एक वर्षअघि नै निर्वाचन गर्ने निर्णय गर्न बाध्य भएका थिए ।

यद्यपि अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीले कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्ने आधिकारीक निर्णय गरेको छैन । पार्टीले निर्णय गरेको व्यक्ति नै अध्यक्ष बन्ने भएकाले बस्नेत र पौड्याल आफ्नो पक्षमा निर्णय गराउनका लागि दौडधुप गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ