वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा कम्पनीहरुले घुम्ती सेवा संचालन गर्न पाउने

अर्थटुडे
२०७६ पुष १, मंगलवार

काठमाडौं । बिमा कम्पनीले पनि बिमा घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन् । बिमाको पहुँच बढाउन र ग्रामीण भेगमा लघु बिमा प्रोत्साहन गर्ने उद्देश्यले बिमा समितिले शाखारहित घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन– २०७६ जारी गर्दै सेवा संचालन गर्न खुल्ला गरेको हो ।

मार्गदर्शनअनुसार कम्पनीले समितिबाट पूर्वसिफारिस लिएर र यसअघि शाखा विस्तार गर्न तोकिएको क्षेत्रमा भने अनिवार्य रूपमा नै शाखारहित घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

घुम्ती बिमा कार्यक्रमबाट कम्पनीहरुले सावधिक जीवन बिमा, म्यादी बिमा, लघु बिमा, कृषि बिमा, दुर्घटना बिमा र ५० लाख रुपैयाँसम्मको घर बिमा गर्न पाउनेछन् ।

घुम्ती कार्यक्रम बिमा कम्पनीले गाउँपालिकामा मात्र सञ्चालन गर्न पाउने भए तापनि जीवन बिमा कम्पनीले भने महानगरपालिका वा उपमहानगरपालिकाभित्र रहेका सीमावर्ती क्षेत्रमा भने घुम्ती बिमा सेवा उपलब्ध गराउन पाउनेछन् ।

यसैगरी शाखारहित बिमामार्फत पाँच लाखभन्दा बढी बिमांक भएका पोलेसी र एकल बिमा शुल्क भएको जीवन बिमा, वैदेशिक रोजगारी म्यादी जीवन बिमा घुम्ती सेवामार्फत गर्न पाइने छैन । निर्जीवन बिमा कम्पनीले सामुद्रिक बिमा, हवाई बिमा, इन्जिनियरिङ बिमा र मोटर बिमा नपाउने व्यवस्था मार्गदर्शनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ