काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीको अनुगमनप्रभावकारी बनाउन छुट्टै नियामक संस्था आवश्यक भएकोमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंकको १६ औ बार्षिक साधारणसभामा बोल्दै मन्त्री खतिवडाले राष्ट्र बैंक वा सहकारी विभागबाट सहकारी संस्थाको अनुगमनप्रभावकारी नहुने भन्दै छुट्टै संयन्त्रबनाउन प्रस्ताव गरेकाहुन् ।
‘अहिले सहकारी संथाहरुले आफूलाई राष्ट्र बैंकले अनुगमन गरोस् भन्ने चाहेका छन् । राष्ट्र बैंकले राष्ट्र बैंक ऐनअनुसार सञ्चालन भएका बैंक तथा वित्तीय संस्थाको मात्रै अनुगमन गर्छ । तपाईंहरूको माग भनेको एक स्थानीय तहलाई हर्को तहले नियमन गर्नुजस्तै हो, त्यस्तो हुँदैन,’ उनले भने
उनले सबै सहकारीलाई नियमन गर्न छुट्टै नियामक आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा मन्त्री खतिवडाले सहकारीलाई कम्पनीको मोडलमा नजान सुझाव दिएका छन् । उनले भने, ‘सहकारी कम्पनी मोडलमा जाने भए सहकारी मोडल छोड्नुपर्छ, दुईवटा नाउमा खुट्टा नराख्नुस्।’ उनले सहकारी बैंकलाई सहकारीको केन्द्रीय बैंकको रुपमा भूमिका खेल्न पनि सुझाव दिए।
“सहकारी मन्त्रालयवाविभागभन्दामाथीहुने गरी छुट्टै अनुगमन संयन्त्र बनाउनुपर्छ” उनले भने, “जसमार्फत सबै विषयकासहकारीको अनुगमनगर्न सकियोस् ।” यसकालागि प्रस्ताव र दृष्टिकोणको पेश गर्न समेत उनले सहकारी अभियन्तालाई आग्रह गरे ।
वित्तीय कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकले अनुगमन गर्नुपर्ने कुरा उठेपनि त्यो सम्भवन भएको खतिवडाको भनाई थियो । “राष्ट्र बैंकले निजी बैंक तथा वित्तीय संस्था नियमन गर्ने हो” उनले भने, “सहकारी क्षेत्रलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन ।”
यसअघिपनि सहकारीको अनुगमनकालागि छुट्टै सन्यन्त्र बनाउनकालागि बहस भएको थियो । राष्ट्र बैंकले लघुवित्त तथा सहकारीको अनुगमनगर्न दोस्रो तहको नियामक निकाय (सेकेन्ड टायर इस्टिच्युसन) गठन गर्ने व्यवस्था सहितको ऐनको मस्यौदा निर्माण गरेपनि अर्थ मन्त्रालयमा पुगेर अड्किएको छ । यसैगरी विभिन्न बजेट बक्तव्यमा ठूला सहकारीको अनुगमन राष्ट्र बैंकले गर्ने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन ।
बरु संविधानको व्यवस्थाअनुसार स्थानिय र प्रदेश सरकारलाई सहकारीको हस्तान्तरण भइसकेको छ । प्रदेश र स्थानिय तहमादक्षकर्मचारी र पूर्वाधार नहुँदा सहकारीको प्रभावकारी नियमनहुन सकेको छैन ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी बैंकले देशभरका सहकारीहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सहकारीहरुले सामाजिक न्याय र उत्पादन वृद्धिको विषयलाई गंभिरतापूर्वक लिनु पर्नेमा जोड दिए ।सामाजिक न्यायको कुरा गर्दा उत्पादन वृद्धि विर्सने र उत्पादन वृद्धिको काम गर्दा सामाजिक न्याय बिर्सने काम गर्नु हुदैन, बडालको भनाइ थियो ।
एटीएम सेवा सन्चालनमा
बार्षिक साधारणसभाको अवसर पारेर राष्ट्रिय सहकारी बैंकले एटिएम सेवा सन्चालमा ल्याएको छ । बैंकले कृषि विकास बैंकसँगको सहकार्यमा आफ्ना सदस्यहरुलाई एटिएम सेवा दिने उदेश्यले एटिएम सन्चालनमा ल्याएको हो । एटिएमको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले शुभारम्भ गरेका थिए ।
कारोवारकर्मी सम्मानित
सहकारी बैंकले कारोबार दैनिककापत्रकार यादवहुमागाईलाई सम्मानित गरेको छ । पत्रकारितामार्फत सहकारीको विकासमा योगदान पु¥याएको भन्दै बैंकको साधारणसभाको अवसरमा सम्मान गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानित गरे ।
साधारणसभाकै अवसमा बैंकलउत्कृष्ट संस्था र व्यक्तिलाई पुरस्कृत गरेको छ । बैंकले विद्धता पुरस्कारबाट डा. कृष्ण पौडेल, अभियन्ता पुरस्कारबाट दिपकप्रकाशबास्कोटा र उत्कृष्ट कर्मचारीको रुपमाशान्तागिरी, सुमित्रा क्षेत्री र विष्णु प्रसादचौलागाईलाई सम्मानि गरेको छ । यस्तै उत्कृष्ट संस्थाको रुपमासिवाईसी बचत तथा ऋण, हंस बहुउद्देश्यीय, जिल्ला सहकारी संघ भरतपुर र तमोर महिला कृषि सहकारीलाई पनि सम्मानितभएका छन् । प्रादेशिक स्तरमाप्रत्येक प्रदेशबाट दुई÷दुई वटा संस्था गरी १४ संस्था समेत पुरस्कृत भएका छन् ।
१५ प्रतिशत लाभांस दिने
यस्तै साधारणसभाले आफ्ना सदस्यहरु लाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । सहकारी बैंकमा हाल ११ हजार ३ सय ६ सहकारी संस्था सदस्य रहेका छन् । बैंकको शेयर पूँजि १ अर्ब ७८ करोड, निक्षेप ३२ अर्ब, कर्जा लगानी २१ अर्ब रहेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५ सय शेयर सदस्य, २ अर्ब शेयर पूँजि, ३५ अर्ब १३ करोड निक्षेप, २८ अर्ब कर्जा लगानी गर्ने योजनाका साथ काम गरीरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँइले जानकारी दिए ।
प्रतिक्रिया