वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्षमा तामाङ, कार्यसमिति निर्विरोध

अर्थटुडे
२०७६ पुष १७, बिहीबार

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्षमा ज्ञान बहादुर तामाङ निर्विरोध चयन भएका छन् । संघको विहिबार सम्पन्न मनोनयनमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएको हुन् । यद्यपि यसको घोषणा भने शुक्रबार हुने साधारणसभामा हुनेछ ।

विहिबार अध्यक्षका लागि २ जनाको मनोनयन परेपनि अध्यक्षका अर्का प्रत्यासीले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत भएको हो ।

संघको शुक्रबार हुने निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस पार्टी समर्थित सहकारीकर्मीहरुले तामाङको नेतृत्वमा एउटै प्यानल बनाएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समर्थित सहकारीकर्मीहरुले विरोध गर्दै अध्यक्ष, महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजकलगायतका पदमा उम्मेदवारी दर्ता गराएका थिए । तर आपसी सहमतिपछि उनीहरुले नाम फिर्ता लिएकाले संचालक समिति निर्विरोध चयन भएको हो ।

निर्विरोध हुने उम्मेदवारहरुको नामावली

संचालक समिति

अध्यक्षः ज्ञानबहादुर तामाङ
उपाध्यक्षः खेमराज सुवेदी
महिला उपाध्यक्षः सीता ढकाल
महासचिवः मनोज भण्डारी
सचिवः बालकुमार बाँस्तोला
कोषाध्यक्षः सीता भट्टराई
सदस्यः अमरावती महर्जन
सदस्यः रमेशकुमार बिडारी
सदस्यः सपना अर्याल
सदस्यः रविन्द्र श्रेष्ठ
सदस्यः अर्जुन भट्टराई
सदस्यः सुदर्शन थापा
सदस्यः दयाराम प्रजापति

लेखा सुपरीवेक्षण समिति

संयोजकः सुमन केसी
सदस्यः देवकुमार श्रेष्ठ
सदस्यः गीता रेग्मी अर्याल

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ