वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँचबुदे घोषणपत्र जारी गर्दै सकियो ग्लोवल युथ फोरम

अर्थटुडे
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । मलेसियाको कुचिङमा भएको ग्लोवल युथ फोरम २०२० पाँचबुँदे घोषणापत्र जारी गरी सकिएको छ ।
अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए)ले आयोजना गरेको सो ग्लोवल युथ फोरममा ५० देशका १११ जना सहभागित रहेका थिए । सम्मेलनले आगामी दिनमा दिगो आर्थिक विकास,सामुहिक कार्यक्रम, डिजिटललाइजेसन, शिक्षा र सामाजिक रुपान्तरणमा काम गर्ने घोषणापत्रमा उल्लेख छ।

सो सम्मेलनमा ५० देशका १११ जना सहभागित थिए भने ४० जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन मलेसियाको सवारक, राज्यका युवा तथा खेलकुदमन्त्री दातुक हाजी बव्दुल करिम सहमान हामाज र आइसिएका अध्यक्ष एरियल ग्वार्कोले संयुक्त रुपमा गरेका थिए ।

मन्त्री हाजीले सो सम्मेलन सवारकको कुचिङमा गरेरकोमा खुसी लागेको बताउँदै सहकारी नै गरिवी निवारणको मुख्य अंग हो भनेका थिए । उनले अब युवाहरु सहकारी क्षेत्रमा गम्भीर भएर लागेमा सहकारीको भविष्य निक्कै नै राम्रो भएको बताए ।

सो कार्यक्रममा आइसिएका अध्यक्ष एरियल ग्वार्कोले युवाहरु भविष्य नभई बर्तमान भएकोले उनीहरुले आफ्नो सिप र ज्ञान सहकारीमा लगाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा आइसीएका युथ नेटवर्कका अध्यक्ष सेवास्टीन चाइलोले अहिले विश्वभरका युवाहरुको समस्याको समाधान मात्र नभएर सम्पुर्ण सहकारीहरुले खेपेको समस्याको समाधानका लागि युवा नेटवर्क आवश्यक रहेको बताए । उनले भने,‘युवाहरुसँग आइडिया छ, उनीहरुसँग नलेजपनि छ त्यसैले युवाहरुलाईलाई सहकारीमा आकर्षित गरेर टिकाउन सकेमा विश्वको सहकारी अभियानलाई नै ठुलो मद्धत पुग्ने छ।’ 

त्यस्तै युवा नेटवर्ककका उपाध्यक्ष असान अलि ठाकुरले एसियामा पहिलो पटक ग्लोवल युथ फोरमको आयोजना भएको र आइसीए एसिया प्यासिफिकको युवा कमिटिको अध्यक्ष भएको नाताले यसको होस्ट गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा युवाहरुको राम्रो सन्जाल बनाएर सहकार्य गरी अगाडी बढ्ने बताए ।

उनले भने, हामीमाझ बलियो नेटबर्कको अभाव रहेको छ, यसको लागि हामीले काम गरिरहेका छौ, विश्वभरका युवाको ६० प्रतिशत भन्दा बढी युवा एसियामा बसोबास गर्छन् ति युवाहरुको ज्ञान र सिपको प्रयोग सहकारीले भरपुर गर्नुपर्छ ।
उनले सहकारीमा युवाहरु टिक्न नसक्नुमा थोरै तलव मात्र नभएर सहकारीबारे राम्रोसँग युवा जमातले नबुझ्नुपनी हो भन्दै यसका लागि हरेक देशका सहकारी अभियानले युवा जमातमा सहकारीबारे जनचेतना जगाउनु जरुरी रहेको दावी गरे ।

जिवाइएफले जारी गरेको पाँचबुदे घोषणापत्र

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ