वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत महशुलमा २० प्रतिशत छुट दिने तयारी

अर्थटुडे
२०७६ चैत्र १५, शनिबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले घरायसी प्रयोग गरिएको विद्युत चैत महिनाभरको लागि २० प्रतिशत छुट दिने निर्णय मन्त्रीपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालभर ३८ लाख घरायसी ग्राहक रहेका छन् । समितिले चैत महिनाको प्रति घर १५० युनिसम्मको विद्युत प्रयोगमा २० प्रतिशत छुट दिने निर्णय गरेको उर्जा मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण सर्बत्र समस्या भइरहेकोले सर्वसाधणका लागि सहुलियत प्रदान गर्न भन्दै समितिले सो निर्णय गरेको हो । त्यस्तै ग्याँस आयात र त्यसको वितरणमा समस्या हुदै गएको र विजुलीको प्रयोग बढाउन पनि सो छुट लाभदायक हुने सो समितिको ठहर छ ।

मन्त्री पुनका अनुसार यो समय ग्याँसबाट खाना पकाउने भन्दा इलेक्ट्रिक सामानको प्रयोग गर्ने अवसरको रुपमा पनि कोरोना महामारीलाई प्रयोग गर्न सकिने भएकोले सरकारले केही छुट दिएर सर्वसाधरणलाई प्रोत्साहन गरिएको हो ।
लकडाउनका कारण विद्युत खपतमा भारी गिरावट आएको छ । उद्योगधन्दा, होटल व्यवसायीहरुले विद्युतको खपत नगर्दा विद्युतको माग कम भई आपुर्ति बढी भइरहेको छ ।

विद्युत प्राधिकरणका प्रमूख कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार गत बर्षमात्र प्राधिकरणले विद्युत महसुल मार्फत ३० अर्ब रुपैयाँ उठाएको थियो । यदी १५० युनिटसम्म २० प्रतिशत छुट दिने हो भने जम्मा ५० करोड राजस्व मात्र कम हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ