वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नरमा अधिकारी

अर्थटुडे
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गर्भनर नियुक्त गरेको हो ।

गभर्नर नियुक्तीको लागि मन्त्रिपरिषद्ले चैत १८ गते अर्थमन्त्री डा. युवराज खतिवडाकोे संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यमा पुर्व गभर्नर विजयनाथ भट्टराई र पुर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।

समितिले योजना आयोगका उपाध्यक्ष महाप्रसाद अधिकारी, पूर्व अर्थसचिव डा. राजन खनाल र राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नाम सिफारिस गरेको थियो ।

डा. चिरञ्जीवी नेपाल कार्यकाल चैत ४ गते सकिएपछि गभर्नर पद रिक्त थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ