वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन चरण गरी उद्योग खोल्ने सरकारको तयारी

अर्थटुडे
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । लकडाउनका कारण बन्द भएका उद्योगलाई तीन चरणमा खुलाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पहिलो चरणमा दैनिकीसँग जोडिएका खाद्य उद्योग, दोस्रो चरणमा र तेस्रोमा क्रमश: विकास निर्माणसँग सम्बन्धीत निर्माण उद्योग र निर्यातमुलक उद्योग खोल्ने गरी गृहकार्य गरिरहेको जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको ‘कोरोना महामारी पछिको उद्योग वाणिज्य क्षेत्र र आगामी कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले उद्योगहरु खोल्ने विषयमा व्यवसायीहरु र श्रमिक व्यवस्थापनका लागि टे«ड युनियनहरुसँग छलफल भइरहेको बताए । काठमाडौंलाई अहिले नै रेड जोन नभनिएको तर यहाँको जनघनत्व बढि भएकोेले जोखिम बढि हुन सक्ने बताए । यद्यपी उनले अहिले उद्योगहरु कसरी सञ्चालन गर्न क्षेत्रगत रुपमा सुक्ष्म विश्लेषण गरिएको र सोहीअनुसार रेड, यल्लो र ग्रिनजोन छुट्याएर उद्योग सञ्चालनगरिने उल्लेख गरे ।

यस विषयमा आज मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।

‘रोजगारीका अवसरहरु सिर्जना गर्न कृषि र अर्थ मन्त्रालयसँग समन्वय गरिएरहेको छौं,’ मन्त्री भट्टले भने, ‘यसका अलवा रुग्ण रहेका उद्योगहरु पीपीपी (सार्वजनिक—निजी साझेदारी) मोडलमा उद्योग सञ्चालन र लघु, सानातथामझौलाउद्योग सञ्चालन र औद्योगिक ग्रामलाई प्राथमिकताका साथ अघि बढाउदैछौं ।’यी कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत राखिने उनको भनाई छ । धौवाजी फलामखानी लगायतका उद्योगहरु पनि सञ्चालन गरिने जानकारी दिइएको छ ।
मन्त्री भट्टले मुलुकभरको आपूर्ति प्रणाली सहज बनाएको उनको दाबी गरे । स्टकमा रहेको सामग्रीहरुको मूल्य नबढेको दाबी गर्दै उनले भने, ‘पछिल्ला समयमाआयातगरिएका वस्तुहरुको मूल्य डलरको भाउ बढेको हुँदा केही मात्रामा वृद्धि भएको हुन सक्ने बताए । तर बजार मूल्य अनावश्यक रुपमा वृद्धि गर्नेलाई कारबाही गरिने र गरिएको पनि छ, कसैलाई काख र कसैलाई पाखा बनाइएको छैन । अहिले किसान र बजार विचको बिचमा विचौलीया नहुँदा स्थानीय उत्पादनको बजारिकरणमा केही समस्या आएको भएपनि त्यसलाई समधान गर्नका लागि स्थानीयतहका साथसाथै सहकारी संस्थाहरुसँग सहजिकरण गरी बजारको व्यवस्था गरिएको उनको भनाई छ । किसानहरुको उत्पादनको बजार मूल्य र विक्रीनहुने समस्यालाई हटाउन सरकारले नै गहुँको समर्थन मूल्यतोकेर खरिद गरिरहेको र निजी क्षेत्रलाई पनि खरिदका लागि आग्रह गरिएको मन्त्री भट्टले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्योग व्यवसायमा चक्रिय समस्या रहेको भन्दै त्यसलाई समधान गर्नका लागि निजी क्षेत्रसँग निरन्तर छलफलमा रहेको बताए ।

नेपाल उद्योग परिसंघ (सिएनआई) का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले उद्योग क्षेत्रमा देखिएका समस्यालाई साझा रुपमा सम्बोधन गर्न आवश्यक भएको बताए । उनले पारिश्रमिक व्यवस्थापन मात्रै अहिलेको समस्यान भएको भन्दै व्याजदर, सञ्चालन खर्चलगायत उद्योग व्यवसायलाई कसरी निरन्तरतादिने भन्ने विषयमा भएको उल्लेख गरे । ‘श्रमिक तथा कर्मचारीहरुलाई पारिश्रमिक व्यवस्थापनका लागि सरकार र श्रमिकको योगदान पनि आवश्यक हुन्छ’, उनले भने, ‘आम्दानी शुन्य भएको छ, ७० प्रतिशत ऋण लिएर पनि व्यवसाय सञ्चालन गरेकाका लागि अहिले उद्योगलाई बचाइ राख्न समस्या भइरहेको छ, यही समस्या ६ महीनासम्म निरन्तर चले ३५ प्रतिशतउद्योग बन्द हुन्छन् ।’

होटल क्षेत्रको अवस्था अत्यन्त दयनिय भइसकेको भन्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘नेपाल भ्रमण वर्ष—२०२० लाई लक्षित गरी नयाँ लगानी पनि भइरहेको थियो, अहिले यो उद्योग निरन्तर हुन नै समस्या भएकोले पारिश्रमिक दिन नै कठिन हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ