राष्ट्रिय योजना आयोगले सुचना जारी गर्दै नविनतम सोच भएका र मापदण्ड पुरा गरेका स्टार्टअपरलाई आफुले गर्न चाहेको उद्यम, त्यसको प्रभाव, सम्भावित प्रतिफल सहित ३० दिन भित्र अनलाईन आवेदन दिन आवह्वान गरेको हो ।
नवप्रवर्तन सुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड २०७७ अनुसार नयाँ उद्योग वा व्यवसाय सञ्चालन गर्न सक्नेलाई बिना धितो लगानीको ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ । नविनतम ज्ञान, सिप र क्षमता भएका उद्यमी व्यवसायीले कृषी, ऊर्जा, स्वास्थ्य, उद्योग क्षेत्रमा काम गरिरहेका स्टार्टअपरले प्रस्ताव पेस गर्न सक्नेछन् ।
उनिहरुले न्युनतम १० लाख देखी १ करोड सम्मको लागी प्रस्ताव पेस गर्न सक्ने र सोको ५० प्रतिशत सम्म अनुदान राष्ट्रिय योजना आयोगले उपलब्ध गराउने जनाएको छ ।
आयोगले ३ किस्तामा रकम उपलब्ध गराउने छ । ऋणको प्रत्येक चौमासीक अवधीमा आफुले गरेको कामकारबाहीको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
प्रतिक्रिया