वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना प्रभाव : अर्थतन्त्रमा २ खर्बको क्षति

अर्थटुडे
२०७७ जेष्ठ ७, बुधबार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न गरिएको लकडाउनका कारण अर्थतन्त्रमा करिब २ खर्वको क्षति भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक अवस्थाबारको प्रतिवेदनमा अर्थतन्त्रका सवै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिन थालेको औल्याएको छ ।

कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित भएको र आपूर्ति श्रृंखला समेत प्रभावित भएको छ । यसैगरी ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको र यसैगरी सार्वजनिक यातायात बन्द छ । जसका कारण अर्थतन्त्रमा क्षति भएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थतन्त्रमा आएको क्षतिको कारण गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षमा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभागको अनुमान गरेको छ ।

२०७६ फागुनको तुलनामा २०७६ चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति बढेको, कुल निर्यात, आयात र विप्रेषण घटेको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ