वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१७ खर्बको बजेट ल्याउन सरकारलाई अर्थसमितिको सुझाव

अर्थटुडे
२०७७ जेष्ठ ९, शुक्रबार

काठमाडौं । अर्थसमितिले १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडालाई विज्ञ तथा सरोकारवालाको सुझाव सहितको प्रतिवेदन बुझाउदै समितिले यसअघि निर्धारण गरिएको १७ खर्बको सिलिङ आधारमा बजेट निर्माण गर्नु उपयुक्त हुने बताएको छ ।

समितिले आगामी आर्थिक बर्षको लागि बजेटको स्रोतको रुपमा राजस्व करको दर नबढाई १० खर्ब उठाउने लक्ष्य राख्न, बैदेशिक अनुदान एक खर्ब, आन्तरिक ऋण जिडिपीको ६ प्रतिशत र नपुग रकम बैदेशिक ऋण परिचालन गर्ने गरी सुझाव दिएको छ ।

समितिले कोरोना रोकथाम, नियन्त्रण र उपचार लगायतका स्वास्थ्य पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा दिन सुझाब दिएको छ । समितिले सुझावमा भनेको छ, कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि तीनै तहका सरकारले आफ्नो कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ क्षेत्रमा छुट्याउनुपर्छ भन्ने उल्लेख गरेको छ ।

त्यस्तै कोरोनाको उपचारमा फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैको बीमा २५ लाख बाट बढाएर ३५ लाख पुर्याउनुपर्ने, अतिरिक्त भत्ताको व्यवस्था गनुपर्ने लगायतका सुझाव समितिले दिएको छ ।

समितिले कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउन सुझाव दिएको छ । कृषिको व्यवासायिकीकरण गर्न, कृषिका लागि आवश्यक मल, विउ र किटनाशक औषधिमा अनुदानमा दिने गरि बजेटमा व्यवस्था गर्न सुझाब दिएको छ।

कृषि उपकरण खरीदमा कम्तिमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्न, आधार मूल्य निर्धारण गर्ने र बिक्री नभएमा सरकारले स्थानीय तहमार्फत खरीद गर्ने व्यवस्था गर्नपनि समितिले सुझाव दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ