काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसीए)ले आगामी मे मा हुने ३३ औ विश्व सहकारी महासम्मेलनमा २४ लाख ५८ हजार ८ सय ७८ लाख युरो खर्च गर्ने भएको छ । गत सोमबार र मंगलबार बसेको आइसिएको ग्लोवल बोर्ड बैठकले आगामी मे महिनामा कोरियानमा हुने भनिएको महासम्मेलनमा सो रकम खर्च गर्ने निर्णय भएको हो ।
आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लका अनुसार आइसिएले खर्च गर्ने सो रकम मध्ये कोरियाको सहकारीले करिब ४२ प्रतिशत रकम(१० लाख ४१ हजार २ सय ६०युरो) व्यहोर्ने निर्णय भएको छ ।
यस अघि ३३ औं विश्व सहकारी महासम्मेलन २०२० को डिसेम्बरमा गर्ने तालिका थियो । कोभिड १९ को विश्वव्यापी महामारीका कारण कंग्रेसको नयाँ मिति तय गरिएको हो ।
त्यस्तै सो बैठकले कोरोना भाइरस(कोभिड १९)को महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण २०२० मा बस्ने आइसीएका सबै बैठक अनलाइनमार्फत मात्र हुने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रत्येक महिना अनलाइन बोर्ड बैठक बस्ने समेत निर्णय गरेको महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य मल्लले जानकारी दिइन् । आइसीएको बोर्ड बैठक प्रत्येक तीन÷तीन महिनामा बस्ने गर्दथ्यो ।
बैठकले ब्रसेल्समा २०२० को १० र ११ जनवरीमा बसेको बैठकको च्याम्बर सेसनले डाइरेक्टर जर्नरलको म्याद थप नगर्ने विषयमा गरेको निर्णयलाई उल्टाउँदै कोभिड १९को जटिल परिस्थिति र २०२१ को १ र २ मार्चमा दक्षिण कोरियाको सियोलमा हुने कंग्रेसको तयारीलाई मध्यनजर गरेर डाइरेक्टर जर्नरललाई नयाँ सम्झौता गरेर जिम्मेवारी दिन प्रेसिडेन्टर कमिटीलाई जिम्मेवारी दिएको मल्लले बताइन् । साथै मानव संशासधन समितिका अध्यक्षलाई सशक्त बनाउने निर्णय भएको छ ।
बैठकले वित्तिय प्रतिवेदन समेत पास गरेको छ भने कोभिड १९को महामारीका कारण अति आवश्यकबाहेका कार्यक्रम रद्द गरि बजेट समेत पास गरेको छ ।सो कंग्रेसकै पुर्वसन्ध्यामा दुईवटा अन्य कन्फ्रेन्स हुने भएको छ ।
२०२१ को फ्रेबेओरी २६ देखि २८ तारिकका बिचमा आईसीए कोअपरेटिभ रिसर्च कन्फ्रेन्स र इन्टरनेशनल कोअपरेटिभी ल फोरम हुने भएको हो । हाम्रो सहकारीको पहिचानलाई मजबुद बनाउँ भन्ने नाराका साथ विश्व सहकारी कंग्रेस हुन लागेको हो ।
प्रतिक्रिया