काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बद्रीकुमार गुरागाईले निरन्तरता पाएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको वैठकले गुरागाईलाई आगामी ४ वर्षका लागि सिइओमा निरन्तरता दिने निर्णय गरेको हो ।
गुरागाई २०७५ पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनको दुई बर्षको समयावधि पुसमा सकिदै थियो । समयावधि सकिनु ६ महिना पहिला नै सिइओको निर्णय हुनुपर्ने प्रावधान अनुरुप बैंक सञ्चालक समितिले उनलाई पुनः ४ वर्षका लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समेत सिइओ भइसकेका गुरागाईसँग सहकारी क्षेत्रको लामो अनुभव छ ।
सोही वैठकले आगामी असार १ दुई प्रतिशत व्याजदर घटाउने पनि निर्णय गरेको छ । यसअघि बैंकले लकडाउन अवधिमा तिनुपर्ने व्याजमा १० प्रतिशत छुट दिएको थियो ।
प्रतिक्रिया