वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर, राजश्व र विल भुक्तानी मोवाईल र इन्टरनेट बैंकिङबाट गर्दा सिमा नलाग्ने

अर्थटुडे
२०७७ असार १०, बुधबार

काठमाडौं । मोवाईल तथा इन्टरनेट बैंकिङबाट सेयर, राजश्व र विल भुक्तानी गर्दा सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै ठूलो कारोबारमा सिमा हटाएको हो ।

अब ग्राहकहरुले आफ्नै बैंकको एक खाताबाट अर्को खातामा पठाउदा र सरकारका कार्यालयहरुमा राजश्व, कर, दस्तुर तिर्दा यसअघि लाग्दै आएको दैनिक र मासिक कारोबार सिमा लागू हुदैन । यस्तै दुरसञ्चार, खानेपानी, विद्युत, बिमा प्रिमियम, अस्पताल, विद्यालय, रेस्टुरेन्टको विललगायतका भुक्तानीका लागि समेत सिमा लागू नहुने व्यवस्था गरिएको छ ।

यसैगरी शेयर कारोबारमा मोवाइल बैंकिङबाट प्रति कारोबार एक लाख र इन्टरनेट बैंकिङबाट प्रति कारोबार १० लाख भुक्तानी दिन सकिने गरी सिमा भने हटाइएको छ ।

यसअघि राष्ट्र बैंकले सबै प्रकारका भुक्तानीमा मोवाईल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख कारोबार सिमा तोेकेको थियो । यसैगरी इन्टरनेट बैंकिङका ग्राहकहरुले व्यापारीक भुक्तानीमा प्रतिदिन १० लाख र मासिक ३० लाख तथा बैंकिङ खातामा भुक्तानीमा प्रतिदिन १० लाख र मासिक ५० लाख सिमा ताकेको थियो ।

तोकिएको बाहेकका अन्य कारोबारमा भने यहि सिमा लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ