काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पोखरेल नियुक्त भएका छन् । नेफ्स्कून संचालक समितिको असार २२ र २३ गते चितवनमा बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको राजीनामा स्विकृत गरी पोखरेललाई कामु जिम्मेवारी दिएको हो ।
पोखरेल गत वर्ष नेफ्स्कूनले नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए । उनको कार्यसम्पादनका आधारमा सिईओको जिम्मेवारीबारे निर्णय गर्ने नेफ्स्कूनको तयारी रहेको बताईएको छ ।
संचालक समितिले कार्यकाल नथप्ने निश्चित भएपनि सापकोटाले असार २० गते नै राजिनामा दिएका थिए । संचालकसँगको विवादका कारण प्रशासन सापकोटासँगै प्रमुख शिवजी अधिकारीलाई समेत राजिनामा दिइसकेका छन् ।
प्रारम्भिक संस्थालाई संस्थागत सुशासन सिकाउन नेफ्स्कूनमा संचालकको स्वार्थका कारण एकैपटक दुई जना उच्च व्यवस्थापकको बर्हिगमन भएको भन्दै सहकारीकर्मीहरुले आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया