काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीलाई आलोपालो काममा लगाएर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आइतबार निर्देशन जारी गरी ‘बिजनेस कन्टिन्युटी प्लान’ बनाएर लागू गर्न निर्देशन दिएको हो ।
निर्देशनमा कर्मचारीको समूह विभाजन गरी आलोपालोको व्यवस्था मिलाउन र विशेष परिस्थितिमा घरबाटै काम गर्ने व्यवस्था मिलाउन भनेको छ ।
यसैगरी विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ।
केन्द्रीय बैंकले प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न पनि निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया