वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निषेधाज्ञामा पनि रेमिट्यान्स भुक्तानी दिनु : राष्ट्र बैंक

अर्थटुडे
२०७७ भाद्र ७, आईतवार

काठमाडौं । विदेशमा कार्यरत नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीको व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई निर्देशन दिएको छ ।

रेमिट्यान्स भुक्तानी नपाउदा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्ने भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
विदेशी विनिमय ब्यवस्थापन विभागले स्थानिय प्रशासनसँग समन्वय गरी कर्मचारीलाई आलोपालो गरी निश्चित समयका लागि लागि रेमिट्यान्स काउन्टर खोल्न भनेको छ । निर्देशनमा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर काउन्टर खोल्न र बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न भनेको छ ।

यसैगरी सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

निषेधाज्ञा गरिएको पहिलो दिन विहिबार बन्द रहेको बैंक तथा वित्तीय संस्थाको सेवा शुक्रबारदेखि भने सुचारु भएको छ ।
बैंकहरुले न्यूनतम शाखा खोलेर सेवा दिन थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ