वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असारमै भित्रियो एक खर्व भन्दा बढि रेमिट्यान्स

अर्थटुडे
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असारमा हालसम्मकै सर्वाधिक उच्च रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्ष २०७६ ७७ को असारमा विदेशमा काम गर्ने नेपालीहरुले रेमिट्यान्समार्फत एक खर्व भन्दा बढि रकम नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स आप्रवाह घट्न थालेको थियो । सोही अनुसार केन्द्रीय बैंकले गत आवमा रेमिट्यान्स १० प्रतिशतसम्म घट्नसक्ने अनुमान गरेको थियो ।

कोभिड–१९ को संक्रमण रोक्न नेपाललगायत विश्वका अधिकांश देशमा लकडाउन भएको समय चैतमा सबैभन्दा कम ३४ अर्व ४८ करोड मात्र रेमिट्यान्स भित्रिएको थियो । अवस्था सामान्य हुन थालेपछि बैशाखदेखि सुधार हुदै असारमा एक खर्व १६ अर्व रेमिट्यान्स भित्रिएको हो ।

आर्थिक वर्षसँगको तुलनामा गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले मात्र घटेको छ । अघिल्लो आवमा ८ खर्व ७९ अर्व रेमिट्यान्स भित्रिएकोमा गत आवमा ८ अर्व ८५ करोड रेमिट्यान्स भित्रिएको छ ।

कोभिड–१९ को महामारीले गर्दा हुण्डीलगायतका अनौपचारिक च्यानल बन्द भएपछि बैंकिङ च्यानलबाट भित्रने रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरुले अनुमान गरेका छन् ।

लकडाउनका कारण कामदारहरुले लामो समय रकम पठाउन नपाएको कारण पनि असारमा बढेको हुनसक्ने अनुमान गरिएको छ । यसैगरी विदेशमा रोजगारी गुमाएर फर्किएका र फर्किने तयारीमा रहेका कामदारले एकमुष्ट रकम पठाएकाले पनि रेमिट्यान्स बृद्धि भएको बताइएको छ ।

यसैगरी डलरको भाउ पनि उच्च भएपछि रेमिट्यान्स बढेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ