काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष २०७७/०७८ (सन् २०२१) मा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण सार्वजनिक गरेको छ । कोभिड–१९ को महामारी र यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनलगायतका कारण अर्थतन्त्रमा गम्भिर प्रभाव परेको एडीबीले मंगलबार सार्वजनिक गरेको इकोनोमी आउटकुलमा उल्लेख गरेको छ ।
बैंकले गत अप्रिलमा सन् २०२१ मा आर्थिक वृद्धि ६.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । त्यसपछि जुनमा संसोधन गर्दै वृद्धिदर ३.१ प्रतिशत रहने उल्लेख गरेको थियो ।
बैंकले सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने अनुमान गरेको छ ।
एडीबीका अनुसार सन् २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक हुने र सन् २०२१ ७.१ प्रतिशत हुनेछ ।
प्रतिक्रिया