वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक क्षेत्रबारे अध्ययन गर्नका लागि चार संसदिय उपसमिति

अर्थटुडे
२०७७ आश्विन ८, बिहीबार

काठमाडौं । व्यवस्थापिका संसदले अर्थतन्त्रका विभिन्न विषयबारे अध्ययनका लागि छुट्टाछुट्टै ४ उपसमिति गठन गरेको छ । अर्थ समितिले आर्थिक क्षेत्रबारे अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । मंगलबार बसेको बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो ।

उपसमितिमध्ये बैंक तथा वित्तीय संस्था उपसमितिमा जुलीकुमारी महतो, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमितिमा पदम गिरी, समष्टिगत आर्थिक नीति अध्ययन उपसमितिमा मेटमणि चौधरी तथा सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमितिमा सत्या पहाडीलाई संयोजक तोकिएको छ । संयोजक बाहेक हरेक समितिमा ५ जना सांसद सदस्य रहेका छन् ।

समितिलाई आफ्नो विषय अनुसारको क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि चार महिनाको समय दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । अध्ययनका लागि सबै उपसमितिहरुलाई कार्यक्षेत्र समेत तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ