वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एफएनसीसीआईमा प्रधानको मनोनयन दर्ता, ढकालसँग भिडन्त

अर्थटुडे
२०७७ कार्तिक १७, सोमबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एनफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले प्यानलसहित मनोनयन दर्ता गरेका छन् । सोमबार जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति सहितले मनोनयन दर्ता गराएका हुन् ।

यसअघि वरिष्ठ उपाध्यक्षका अर्का उमेदवार चन्द्र ढकालले कात्तिक ४ गते नै मनोनयन दर्ता गरिसकेका छन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उक्त व्यवस्था अनुसार वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।

वरिष्ठ उपाध्यक्षमा भने प्रधान र ढकालको भिडन्त हुने भएको छ ।

प्रधान समूहलाई जिताउनका लागि गोल्छाका साथै पूर्व अध्यक्ष कुश कुमार जोशी खुलेरै लागेका छन् ।

सोमबार प्रधानको प्यानल घोषणा कार्यक्रममा पनि गोल्छा र जोशी उपस्थित थिए ।

महासंघको निर्वाचनसहितको ५४ औं वार्षिक साधारणस मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ