वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघमा कांग्रेस समर्थीतकै भिडन्त

अर्थटुडे
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं । वागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा नेपाली कांग्रेस पार्टी समर्थीत सहकारीकर्मीको चुनावी भिडन्त भएको छ । कांग्रेस समर्थीत सहकारीकर्मीबिच सहमति नहुदा सचिव पदमा निर्वाचन भएको छ ।

सचिवमा गोविन्द काफ्ले र कमलराज अधिकारीबीच प्रतिस्पर्धा भएकोे थियो । काफ्ले र अधिकारी दुवै कांग्रेस समर्थीत हुन् ।
संघको तदर्थ समितिमा अधिकारी सचिव भएपनि प्रारम्भिक साधारणसभामा काफ्लेले पनि आफ्नो दावेदारी पेश गरे ।उनीहरुबीच पार्टी निकट सहकारी नेताहरुले सहमति गराउन नसकेपछि अन्तिम समयमा निर्वाचन नै भएको थियो ।

निर्वाचनमा काफ्लेले ६३ मत प्राप्त गरेर विजयी भएपनि अधिकारीले जम्मा १२ मत प्राप्त गरेका हुन् ।

काफ्ले र अधिकारीबिच काठमाडौं जिल्ला वचत तथा ऋण सहकारी संघ (कास्कुन) को निर्वाचनको विषयदेखि नै मनमुटाव रहदै आएको छ ।

पार्टीगत भागवण्डाका आधारमा बाडफाड हुदै आएका सहकारी संघहरुको नेतृत्वमा एउटै पार्टीका उम्मेदवारबीच भएको प्रतिस्पर्धालाई सहकारीकर्मीले आश्चार्यका रुपमा लिएका छन् ।

काफ्ले र अधिकारीबिच सहमति गर्नका लागि पार्टीको सहकारी विभाग प्रमुख आनन्द ढुंगानादेखि सचिव सुरेन्द्र भण्डारी, नेफ्स्कून बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायतका नेताहरु सक्रिय भएपनि सहमति गराउन सकेनन् ।

कांग्रेसको पार्टीको नेतागत गुटवन्दीको प्रभाव पनि सहकारीको चुनावमा देखिएको छ । काग्रेस समर्थीत सहकारीकर्मीको संस्था डेमोक्रेटिभ कोअपरेटिभ एलाइन्समा पनि यसको प्रभाव देखिदै आएको छ ।

पछिल्लो समयमा एलाइन्समा सुरेन्द्र भण्डारी, पुश्प बहादुर ढुंगानालगायतका नेताहरु एक गुट र चन्द्र ढकाल, राजेन्द्र पौड्याललगायतका नेताहरु अर्को गुटका रुपमा सक्रिय हुने गरेका छन् ।

सचिववाहेक अन्य अधिकांश पदमा भने तदर्थ समितिमा रहेकाले नै निरन्तर पाएका छन् ।

उद्दव सापकोटा अध्यक्ष रहेको समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिंतान, महासचिवमा जिवसराज खड्का छन् । यसैगरी सदस्यहरूमा ईन्द्र घिमिरे, प्रकाश वञ्जारा, तेजबहादुर खड्का, राधा कडरिया, प्रदिप थापा, ठाकुरप्रसाद बास्कोटा, कृष्णहरि कोईराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल, ओमप्रसाद आचार्य रहेका छन् । यसैगरी केशवप्रसाद दंगालको संयोजकत्वमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ