वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकमा पनि खराव ऋणीकै रजाई,कालोसुचिमा परे के होला सन्चालक पद ?

अर्थटुडे
२०७८ आश्विन ४, सोमबार


काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा पनि खराव ऋणी कै रजाई भइरहेको छ । राष्ट्रिय सहकारी बैंकका सन्चालक ध्रुवनारायण यादवलाई सिटिजन्स इन्टरनेशनल बैंकले सार्वजनिक सुचना नै जारी गरी ऋण तिर्नका लागि ३५ दिने भाखा दिएको छ । उनी र उनको पत्नी विनिता यादवको नाममा बैंकले कर्जा चुक्ता गर्न आउने सम्बन्धी सार्वजनिक सुचना नै जारी गरेको छ । बैंकले यदी ३५ दिनभित्र तिर्नुपर्ने साँवा,व्याज र हर्जना बमोजिमको रकम चुक्ता नगरे उनलाई कालो सुचिमा राख्ने र धितो स्वरुप रहेको जग्गा र सो जग्गामा बनेको भवन र आगामी दिनमा बन्ने भवन समेत लिलामी गर्ने चेतावनी दिएको छ ।


गत भदौ २७ गते यादव र उनको पत्नीको नाममा बैंकले जनकपुर टुडेमा सार्वजनिक सुचना प्रबाशित गरी समयमा नै कर्जा तिर्न चेतावनी दिएको हो । सिटिजन्स बैंकका अनुसार उनले व्यक्तिगत कर्जा शिर्षक अन्तर्गत कर्जा लिएका थिए तर पटक पटक ऋण तिर्नका लागि लिखित र मौखिक रुपमा ताकेता गर्दा पनि ऋणको सावाँ तिर्न नगएको सार्वजनिक सुचना जारी गर्न बाध्य भएको हो ।
यादवले ऋण लिएपछि पछिल्लो १६ महिनामा सावा, व्याज वा हर्जाना बापतको रकम तिरेका छैनन् । त्यस्तै उनले बैंकमा पनि कुनै सम्पर्क नगरेको बैंकको दावी रहेको छ ।


बैंकले सो सुचना प्रबाशित गर्दै ३५ दिनभित्र ऋणकर्जा सुविधा बापत तिर्न बुझाउन पर्ने सावा तथा व्याज साथै हर्जना समेत चुक्ता नगरेमा बैंक तथा वित्तिय व्यवस्था सम्बन्धी २०७३ अन्तर्गत धितो रहेको सम्पत्ति लिलाम विक्रि गर्ने जनाएको छ । यादवले श्रीमति विनिताको नाममा रहेको धनुषाकोे किता नम्वर १५, ३०१ र ३०३ स्थित २२ कठ्ठा ३ धुर जग्गा र सो जग्गामा निर्माण भएको घर धितोको रुपमा राखेका थिए । तर समयमा नै ऋण चुक्ता गर्न नसक्दा उनी बैंकको नजरमा खराव ऋणी भएका छन् ।


यादव बैंकमा जिल्ला बचत तथा ऋण सहकारी संस्था धनुषाबाट प्रतिनिधि भएर आएका हुन् । उनले सहकारी बैंकमा पनि प्रदेश २ का सहकारीको हकमा कुन सहकारीलाई कर्जा दिने र कुनलाई नदिने भन्ने निर्णय गर्न बैंकलाई दवाव दिने गरेको बैंकको उच्च स्रोतले जानकारी दिएको छ ।
प्रदेश २ मा उनले नै सहकारी संस्थालाई ऋण दिनेबारेमा निर्णय गर्ने गरेको र जोखिम मुल्यांकन नगरीकनै कर्जा प्रबाहको लागि दवाव दिने गरेको बैंकका उच्च अधिकारीले जानकारी दिए । उनी सहकारी बैंकको सन्चालक समितिको बैठकमा विचौलिया जसरी प्रस्तुत हुने गरेको बैंकका कर्मचारीहरुको गुनासो छ ।
ति कर्मचारीका अनुसार यो यो सहकारीलाई ऋण दिनुपर्छ भनेर उनले बैंठकमा नै दवाव दिने गरेको र सन्चालक समितिका अध्यक्ष रहेका केवी उप्रेति चुपचाप लागेर सहने गरेका छन् ।

थप लिंक यता हेर्न सकिन्छ ।

https://ejanakpurtoday.com/wp-content/uploads/2021/09/combinepdf67-1.pdf?fbclid=IwAR0o9YsBgqL9laqMTAlw_5mFfawYvd7Vc-RgX3AXv6ribEUpWyFkE9TSA6E

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ