काठमाडौं । तरलता अभावका कारण सहकारी संस्थाहरुले ऋण असुलीमा जोड दिइरहेको छन् । तर, राज्यको उच्च ओहोदामा बसेका व्यक्तिले समेत सहकारीबाट ऋण लिएर नतिर्ने गरेको पाइएको छ ।
सहकारीबाट लिएको ऋण नतिर्नेको सूचिमा प्रधान न्यायाधीशकी छोरी तथा पूर्वगभर्नरको छोराबुहारी समेत भएको पाइएको छ । पूल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ऋण तिर्न २१ दिने सूचना जारी गरेसँगै निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा राणाकी छोरी सृष्टि राणा रावलले सहकारीबाट ऋण लिएर नतिरेको सार्वजनिक भएको हो ।
श्रृष्टि पूर्व गभर्नर तिलक रावलकी बुहारी हुन् । उनलाई लालीगुराँसले २१ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ । उक्त ऋणमा रावलका छोरा विनय व्यक्तिगत जमानीमा छन् ।
रावलले लालीगुराँसबाट ब्यापारीक कर्जा लिएकी थिइन् । तर, कर्जाको सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको र पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेपछि सार्वजनिक सूचनामार्फत आग्रह गरिएको संस्थाले जनाएको छ ।
तोकिएको समयभित्र कर्जा नतिरेमा फोटो सहित ३५ दिने सूचना प्रकाशित गरी धितो लिलामीको प्रक्रिया अघि बढाइने संस्थाले चेतावनी दिएको छ ।
प्रतिक्रिया