वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

७० प्रतिशतले बढ्यो निर्वाचन खर्च

अर्थटुडे
२०७९ कार्तिक २८, सोमबार

काठमाडौ–आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न ७० प्रतिशतले बढ्ने भएको छ । अर्थमन्त्रालयका अनुसार आगामी ४ गतेको निर्वाचनका लागि २० अर्ब ४ करोड ८३ लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको जनाएको छ । स्थानीय तहको निर्वाचनमा सरकारले जम्मा ११ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको थियो ।

मंसिर ४ को निर्वाचन सम्पन्नका लागि अर्थमन्त्रालयले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितात गरेको छ । त्यस्तै निर्वाचन सुरक्षा तर्फ पनि सरकारले १० अर्ब ४ करोड ८३ लाख रुपैयाँको स्रोत सुनिश्चितता भएको अर्थमन्त्रालयले जनाएको छ । स्थानीय चुनावमा आयोगका लागि सरकारले ५ अर्ब ४ करोड रुपैयाँ मात्र रकम दिएको थियो । स्थानीय निर्वाचनमा सरकारले सुरक्षातर्फ जम्मा ६ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको थियो ।

सुरक्षा अन्तर्गत सरकारले गृहमन्त्रालयको लागि ९ अर्ब १ करोड ३७ लाख र नेपाली सेनाको लागि ९७ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने अनुमति दिएको छ । भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका लागि ५ करोड ७३ लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको पनि अर्थमन्त्रालयले जानकारी दिएको छ ।

मंसिर ४ को निर्वाचनमा ७७ जिल्लाबाट प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने निर्वाचना आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ