वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असफल अर्थमन्त्रीको ट्याग लिएर बाहिरिए शर्मा

अर्थटुडे
२०७९ पुष ११, सोमबार

काठमाडौ–करिव १८ महिनाको अर्थमन्त्री पदबाट असफल अर्थमन्त्रीको ट्याग लिएर विदा भएका छन् माओवादी नेता जनार्दन शर्मा । उनले सोमबार अर्थमन्त्रालयमा कर्मचारी र पत्रकारहरुको छुट्टा छुट्टै कार्यक्रम राखी अफ्नो कामको फेरिस्त बताएका थिए । साथै आफूले चाहदा चाहदै पनि कतिपय काम गर्न नसकेको स्वीकारेका थिए ।

पत्रकार सम्मेलनमा आफूले अर्थतन्त्रको बागढोर सम्हालेपनि खटन पटन गर्ने काम प्रधानमन्त्री शेरबहादुर देउवाको हुदा आफूले जम्मा एक तिहाइ मात्र काम गर्न सकेको स्वीकारेका थिए । उनको कार्यकाल सर्वाधिक विवादित बन्यो । ‘उज्यालो नेपाल अभियान’ को जश पाएका मन्त्री शर्मा अर्थमन्त्री हुदा नै आफू निलम्वनमा परे भने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि निलम्वनमा पारे ।

उनलाई नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको, गभर्नरसँग व्यक्तिगत रिसिवी साँधेर देशको अर्थतन्त्र नै खतरामा पारेको आरोप छ । अर्थमन्त्री नियुक्त भएपछि निक्कै आश गरिएका मन्त्रीमा परेका थिए शर्मा । ह्क्की स्वाभावका शर्मालाई अधिकांशले अर्थतन्त्रलाई राम्रोसँग डोर्याउने क्षमता राख्छन् भन्ने आँकलन गरिएको थियो । तर विस्तारै अर्थमन्त्रालयका अनुभवी कर्मचारी सरुवाबाट आफ्नो असफलताको यात्रा सुरु गरेका मन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको औठाछाप बन्न पुग्दा असफल अर्थमन्त्रीको ट्याग भिरेर बाहिरिन परेको छ ।

उनी अर्थमन्त्री बन्दा सवैभन्दा विवादित र सर्वाधिक चर्चामा रहेको विषय हो सिसिटीभि फुटेज काण्ड । चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा निजी क्षेत्रका विचौलियाको प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप उनीमा रहेको छ । उनले विचौलिया प्रवेश गराएको सिसिटीभि फुटेजमा देखिने भएपनि उनले संसदीय छानविन समितिलाई सिसिटिभी फुटेज प्रदान गर्न सकेनन् ।

राजनीतिक पुर्वाग्रह राखेर आफूलाई सहयोग नगरेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई अथर्मन्त्री शर्माले छानविन प्रकृया अगाडाी बढाए । जसका कारण गभर्नर अधिकारी निलम्वनमा परे । आफु निलम्वनमा पर्ने वित्तिकै गभर्नर अधिकारी सर्वोच्चको ढोका ढकढक्याउन पुगे ।

कर्मचारीहरुलाई थर्काएर सो फुटेज मेट्न लगाएको आरोप उनीमा छ । भलै उनलाई संसदीय छानविन समितिले नेकपा एमालेका सदस्यहरुको असहमतिका बाबजुत पनि क्लीन चिट त दियो र उनको छवी भने सिसिटीभि फुटेज डिलिट गरेर र निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई घुर्की देखाएर अर्थमन्त्रीको रुपमा टिक्ने मन्त्रीको रुपमा जनताले बुझेका छन् । जनताबाट भने अझैपनि उनले क्लीन चिट पाएका छैनन् ।

अर्थमन्त्री हुदा शर्माले सिमित घरानालाई मात्र फाइदा पुग्नेगरी बजेट बनाएको आरोप लाग्ने गरेको छ । उनले शंकर ग्रुप, मुरार ग्रुप लगायतका केही सिमित घरानालाई मात्र बढी प्राथमिकतामा राखेर नीति बजेट ल्याएको आरोप नीजि क्षेत्र स्वयंले लगाउदै आएको थियो । उनले विलेट आयातमा बढाएको भन्सार शुल्कका कारण अहिलेसम्म स्टी उद्योगहरु उठ्न सकेनन् ।

उनले चालु आर्थिक बर्षको बजेट मार्फत स्पन्ज आइरनमा लाग्दै आएको भन्सार शुल्क शुन्य बनाएका थिए । त्यसबाट ६ वटा छड उद्योगहरु मात्र फस्टाएका थिए भने बाँकी २४ वटा छड उद्योगहरु घाटामा गएका थिए । हाल १२–१३ वटा उद्योगहरु चल्नै नसक्ने अवस्थामा रहेका छन् । त्यस्तै उनले सेनीटरी प्याडको आयातमा गरिएको भन्सार छुट, मदिरा, तार जाली लगायतमा गरेको कबृद्धिका कारण अधिकांश उद्योगहरु टाट पल्टने अवस्थामा पुगेका छन् । बजेट मार्फत केही व्यपाारिक घरानाहरुले मात्र लाभ लिएका छन् ।

राजनीतिक पुर्वाग्रह राखेर आफूलाई सहयोग नगरेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई अथर्मन्त्री शर्माले छानविन प्रकृया अगाडाी बढाए । जसका कारण गभर्नर अधिकारी निलम्वनमा परे । आफु निलम्वनमा पर्ने वित्तिकै गभर्नर अधिकारी सर्वोच्चको ढोका ढकढक्याउन पुगे । उनलाई सर्वोच्च अदालतले पुनर्वहाली गर्यो । जसका कारण अहिलेसम्म पनि गभर्नर अधिकारी र अर्थमन्त्री शर्माको दुरी बढीरहेको छ । उनीहरुको बढ्दो दुरीका कारण अर्थतन्त्रमा समेत नकारात्मक असर पर्यो । सोमबार अर्थमन्त्री शर्मा बाहिरिदै गर्दा पनि नेपाल राष्ट्र बैंकको कोही पनि देखिएनन् ।

अर्थमन्त्री शर्मालाई लघुबीमाको लाइसेन्स वितरण गर्दा चुनावी खर्च उठाएको र केही सिमित घरानालाई मात्र लाइसेन्स दिएको आरोप छ । बीमा प्राधिकरणले केही महिना अघि जारी गरेको लघुबीमाको कम्पनीलाई दिइएको लाइसेन्स र उनीहरुको संचालक हेर्दा यो कुराको पुष्टी हुन्छ ।

नेपाल धितोपत्र बोर्डमा नियुक्त गरिएको अध्यक्षदेखि नै विवादमा तानिएका अर्थमन्त्रीले नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि आर्थिक चलखेल गरेको पनि आरोप छ । हुन त अझै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृयामा नै रहेको छ तर बोर्डको अध्यक्ष मार्फत आर्थिक चलखेलमा सामेल भएको आरोप नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरुले लगाउदै आइरहेका छन् । नेपालमा हाल एकमात्र स्टक एक्सचेन्ज रहेको र देशको अर्थतन्त्र नै सानो हुदा लगानीकर्ताको लागि अर्को स्टक एक्चेन्ज नल्याएर भएकोलाई नै स्तर बृद्धि गर्न नेप्सेले आग्रह गर्दै आइरहेको छ ।

त्यस्तै अर्थमन्त्री शर्मा अर्थतन्त्र खराव अवस्थामा रहेको बेला बनेका अभागी अर्थमन्त्री हुन् । उनको पालामा शोधनान्तरघाटा र बैदेशिक विनिमय संचिति कम भएर रेकर्ड बनाएको छ । त्यस्तै केही बस्तुको आयात रोक्नपरेको थियो भने केही बस्तुको आयातमा ५० प्रतिशत र शत प्रतिशत नगद मार्जिनको व्यवस्था समेत गर्नुपरेको छ ।

त्यस्तै उनी अर्थमन्त्री भएकै समयमा लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसका कारण उनीप्रति लगानीकर्ताहरुको पनि राम्रो दृष्टि रहेन । उनले राजीनामा दिएकै दिन सेयर बजारमा हरियाली छाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ