वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्डका अध्यक्ष हमाललले भने,‘कानुन विपरित काम गर्नेलाई कारबाही गर्दा पैसा खाएको आरोप लाग्यो’

अर्थटुडे
२०७९ माघ २३, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूले वित्तीय अपराध नगरेको दावी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले कुनैपनि वित्तिय अपराध नगरेको दावी गर्दै यदी वित्तिय अपराध गरेको पाएमा टुडखेलमा झुण्ड्याए हुने बताए ।

उनले आफू विरुरुद्ध चौतफी आक्रमण भएको दावी गर्दै भने, ‘मैले कानुन विपरित काम गर्नेलाई कारबाही गरेपनि मलाई घेराबन्दीमा पारिएको हो, मैले कुनै वित्तिय गल्ती गरेको छैन, यदी कुनै कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुण्ड्याउँदा हुन्छ ।’

उनले आफूसँग विदेशी नागरिकता नभएको स्पष्ट पार्दै, छोरीले विवाह गरेर अमेरिका गएको र उ भने अमेरिकी नागरिक भएको बताए । त्यस्तै उनले आफ्नो एक छोरा भएको र थाइल्याण्डमा जन्मिएको भएपनि ललितपुरबाट नागरिकता लिएको समेत दावी गरे ।

अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्ताको संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्ने समेत बताए ।

त्यस्तै उनले आफूले बोर्ड अध्यक्षमा रहेर ११ महिनामा गरेको कामको फेहरिस्त प्रस्तुत गरे । उनले धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको दावी गरे ।

त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचित गरिएको । त्यस्तै क्रेडिट रेटिङ्गमा ‘स्वार्थको द्वन्द्व’ देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ