वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाथिभर केवलकार विवादः ‘नो केवलकार समुह’द्धारा थप आन्दोलनकाे घोषणा

अर्थटुडे
२०८१ माघ २८, सोमबार

काठमाडौ । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले फागुन ६ गतेदेखि थप आन्दोलन गर्ने सोमबार पत्रकारसम्मेलन गरी जानकारी दिएका छन् ।

फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने घोषणा गरेका छन् । त्यस्तै केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि आन्दोलनकर्ताहरुले फुङलिङ नगरपालिका घेराउ गर्ने, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

यसअघि माघ २२ गते सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नदेखिएको नो केवलकार समुहकी वार्ता सहजीकरण समितिकी सरस्वती सिंगकको दावी छ ।

सरकार निर्णायक वार्ता समिति बनाउन इच्छुक नदेखिएको, वार्ताको लागि वातावरण् बनाउन नसकेको लगायका आरोप छन्् ।
गत माघ २२ गते भएको वार्ताअनुसार माघ २७ गते (हिजा) दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको थियो ।

उनीहरुले हिजो साँझसम्म उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न भनेका थिए तर सरकारले त्यसतर्फ चासो नदिएपछि सोमबार उनीहरुले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

सरकारले माघ २२ गते गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बार्ता समिति गठन गरेको थियो । तर आन्दोलनकर्ताहरुले भने उच्च राजनैतिक वार्ता टोली गठन हुनुपर्ने माग राख्दै आएका छन् । सो केवलकारमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको लगानी रहेको छ । निर्माण अवरुद्ध भएपछि ढकालले सम्पुर्ण राज्यशक्तिको प्रयोग गरेर स्थानीय बासिन्दामाथि दमन गरेको आन्दोलनकारीहरुको आरोप छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ