वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्री अधिकारीद्धारा भुमि आयोगमा ३९ जना नियुक्त

अर्थटुडे
२०८१ माघ २९, मंगलवार

काठमाडौं । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले तेस्रो चरणमा अव बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने जानकारी दिए । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले दु्रतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ । मङ्गलवार नियुक्त भएका सदस्यहरुको बिवरण यसै साथ राखिएको छ ।
मन्त्री अधिकारी गत माघ २५ गते पनि पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ