वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्राधिकरणको नेतृत्व ३३ वर्षे युवा ओझाको हातमा

अर्थटुडे
२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै ओझा अध्यक्ष बन्न सफल भएका हुन् ।

प्राधिकरणको अध्यक्षका लागि १२ को आवेदन परेकोमा छनोन समितिले ओझासहित रामशरण पुडासैनी र डा.दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । नियायक निकायमा हुने राजनीतिक नियुक्तीमा रिटायर्ड व्यक्तिहरु मात्र हावी हुने प्रचलन तोड्दै यसपटक ३३ वर्षका ओझा अध्यक्ष बन्न सफल भएका हुन् । उनी प्राधिकरणमा मात्रै नभइ हालसम्म नियामक निकायमा नियुक्ति भएका कार्यकारी प्रमुखमध्येकै कम उमेरका हुन् ।

सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा गरी १२ वर्षको कार्य अनुभव रहेका ओझा विभिन्न क्याम्पसका अध्यापक हुन् । नेपाली कांग्रेसको संस्थापन पक्षसँग निकट रहेका उनले सभापति शेरबहादुर देउवा र देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणाको जोडवलमा नियुक्ती पाएको बताइएको छ ।

ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ