वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उर्जामन्त्रीलाई फलामको चिउरा सावित हुदै कुलमान, जवाफमा भने स्पष्टीकरण सोध्ने तपाईको अधिकार छैन

अर्थटुडे
२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दिपक खड्कालाई नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ फलामको चिउरा सावित भएका छन् । आफूले भनेको नमानेपछि इगो पालेका मनत्री खड्काले तीन पटकसम्म घिसिङलाई स्पष्टीकरण सोधेका छन् । तीनै पटक घिसिङले उर्जामन्त्री खड्कालाई आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ फर्काएका छन् । मंगलबार उर्जामन्त्री खड्काले घिसिङलाई तपाईलाई निष्कासन किन नगर्ने ? भन्ने प्रश्न गर्दै स्पष्टीकरण पत्र पठाएका थिए ।

विहिबार पनि घिसिङले स्पष्टीकरणमा उर्जामन्त्रीलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको भन्दै आफूलाई मन्त्रीपरिषद्ले नियुक्त गरेको र सो अधिकार पनि मन्त्रीपरिषद्को नै रहेको जवाफ फर्काएका छन् ।

घिसिङले पुनः स्पष्टीकरण माग्नु कानुन र न्यायको सिद्धान्त विपरीत भएको दावी गर्दै मन्धीले सोधेको स्पष्टीकरण मनोगत रहेको पनि घिसिङको भनाइ छ ।त्यस्तै उनले यसअघि सोधिएका स्पष्टीकरण अस्वीकार गरिनुको कारण पनि स्पष्ट नभएको भन्दै उल्टै मन्त्रीलाई नै दोषी देखाएका छन् ।

सरकारले दिएको निर्देशन नमानेको भन्दै उर्जामन्त्री खड्काले उनलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थिए । सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउने कुनै निर्णय गरेन । तर मन्त्री खड्कालाई चित्त नवुझेपछि उनले पुनः मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ऊर्जा मन्त्रालयले २४ घटाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको थियो ।

यसअघि उर्जा मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई २२ पुस र २८ पुसमा पनि स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ