काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले पुर्वाग्रह राखेको भन्दै सरकारलाई स्पष्टीकरण बुझाएका छन् ।
उनले आइतबार १७ पेजको स्पष्टीकरण बुझाउदै नेपालमा सन् १९९२ देखिनै इन्डो नेपाल पावर एक्सचेन्ज कमिटीको बैठक बसी विद्युत विनिमय हुने गरेको तर पछिल्ला दुई बर्षकोमात्र विषय उठान गरी कारबाही सिफारिस गरेको भन्दै मन्त्रीले पुर्वाग्रह राखेको कुलमानले स्पष्टीकरणमा उल्लेख गरेका छन् । विहिबार बसेको मन्त्री परिषद् बैठकले उनलाई भारतबाट महंगो विजुली किनेको जानकारी नगराएको भन्ने विषयको स्पष्टीकरणमा घिसिङले सो स्पष्टीकरण दिएका हुन् ।
उनले मन्त्रिपरिषद्को स्वीकृति लिएर भारत भ्रमण गएको उल्लेख गरेका छन् । साथै उनले मन्त्री खड्काको विज्ञ सल्लाहकार रहेका प्रबलराज अधिकारीको समेत सहभागितामा भारतसँग बार्ता र सम्झौता भएको पनि स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
त्यस्तै कार्यंसंपादन समयमा नवुझाएको भन्ने प्रश्नमा घिसिङले कार्य सम्पादन पेश गर्नुपर्ने समेत उल्लेख नभएको उल्लेख गरेका छन् ।साथै कार्यसम्पादन प्रतिवेदन ढिला पेश गरिएको कारणले सम्झौतापत्र रद्द हुने शर्त सम्झौतापत्रमा नभएको समेत जिकीर गरेका छन् ।
उनले गत आर्थिक वर्षको ९८.९९ नम्बर दाबी गर्दै कार्य सम्पादन मूल्यांकन प्रतिवेदन बुझाएका थिए । तर आफूले बुझाएको मूल्यांकन गर्न विधिवत समिति गठन भएको आफ्नो जानकारीमा नभएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया