वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी महासंघकै संचालक अध्यक्ष रहेको केन्द्रीय संघ खारेजीको सूचीमा

अर्थटुडे
२०८१ चैत्र २७, बुधबार

काठमाडौं । सहकारी अभियानको नेतृत्व गर्ने अभिभावक राष्ट्रिय सहकारी महासंघको संचालकले नै अध्यक्षता गरेको एक केन्द्रीय संघ खारेजी हुने भएको छ । सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को व्यवस्था अनुसार व्यवसायीक कारोबारको विवरण बुझाउन अटेरी गरेपछि संघिय सहकारी विभागले खारेजी गर्ने चेतावनी दिएको हो ।

सहकारी ऐन तथा नियामावली अनुसार नियामक निकायमा नियमित रुपमा प्रतिवेदन नबुझाउँदा सहकारी विभागले नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघलगायतका २ दर्जन भन्दा बढी संघसंस्थालाई खारेजी गर्न लागेको जनाएको छ ।

उपभोक्ता केन्द्रीय संघका अध्यक्ष टेकप्रसाद चौलागाई महासंघका संचालक हुन् । उनी उपभोक्ता संघकै प्रतिनिधि बनेर महासंघको संचालकमा निर्वाचित भएका हुन् ।

उपभोक्ता केन्द्रीय संघलगायतका संघसंस्थाहरुले नियमित कारोबार विवरण नबुझाएको र कोपोमिसमा नराखेको सहकारी विभागले जनाएको छ । विभागले त्यस्ता संघसंस्थालाई १५ दिनको स्पष्टिकरण सोधेको छ । चित्तबुझ्दो स्पष्टिकरण नभएमा खारेजी गर्ने विभागले जनाएको छ ।

विभागले खारेजीको चेतावनी दिएकोमा उपभोक्ता सहित विद्युत र स्वास्थ्य सहकारीका केन्द्रीय संघ पनि छन् । यसबाहेका अन्य भने सहकारी संस्थाहरु छन् ।

९ वर्षसम्म निश्कृय रहेको उपभोक्ता केन्द्रीय संघमा २ वर्षअघि चौलागाईको नेतृत्वमा कार्यसमिति चयन भएको थिए । उनी अध्यक्ष भएपछि पनि संघले कुनै व्यवसायीक गतिविधि गरेकाे छैन ।

चौलागाईले उपभोक्ता केन्द्रीय संघलाई खल्तीमा राखेर सहकारीको राजनीतिक गर्ने थलो बनाएको सहकारीकर्मी वताउँछन् । यसअघि पनि संघले सहकारी ऐन अनुसार सदस्यता कायम गर्न नसकेको भन्दै विभागले खारेज गर्न लागेपनि राजनीतिक पावरका लगाएर थमौति गरिएको थियो ।

सहकारी ऐन, नियमावलीले एकै व्यक्ति एक भन्दा बढी सहकारीमा संचालक बस्न नपाउने व्यवस्था भएपनि चौलागाईले उक्त प्रावधानलाई अटेरी गर्दै आएका छन् ।

विभागले यसअघि विज्ञप्ती नै जारी गरी दोहोरो पदको प्रावधान कार्यान्वयन गर्न पुससम्मको समय दिएको थियो । तर, पुससम्ममा उक्त प्रावधान कार्यान्वयन गर्नुको साटो विभागका रजिष्ट्रार पिताम्बर घिमिरेको सरुवा भएको छ ।

विभागमा रजिष्ट्रारको रुपमा उमेश ढुंगाना आएपनि अहिलेसम्म सहकारी संघमहासंघका संचालकहरुको गैरकानुनी काम नियन्त्रण गर्नेतर्फ आट गर्न सकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ