वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर सिफारिस समितिबाट पुर्व गभर्नर विजयनाथ भट्टराईले दिए राजीनामा

अर्थटुडे
२०८२ बैशाख ९, मंगलवार

काठमाडौ । पूर्वगभर्नर विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले समिति गठन भएदेखि एक पटकपनि बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन्।
एक पटक पनि बैठक नडाकेपछि रुष्ट बनेको भट्टराई रुष्ट हुदै समितिबाट बाहिरिने निर्णय गरेका हुन् । भट्टराईले यो कुराको पुष्टी गरेका छन् ।

सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली कांग्रेसविच गभर्नर पदको भागबण्डा नमिल्दा गभर्नर सिफारिस समितिको बैठक बस्न नसकेको हो । गभर्नर पद कहिले एमाले त कहिले नेपाली कांग्रेसको भागमा परेका समाचारहरु दैनिकजसो आएपनि समितिले निष्पक्ष रुपले काम गर्नका लागि बैठक समेत नडाकेपछि भट्टराई रुष्ट थिए । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनु १ महिनाअगावै नियुक्ति गरिसक्नुपर्नेछ । तर सरकारले गभर्नर पद रिक्त हुनु ६ दिनअघि मात्र सिफारिस समिति बनाएको थियो।

समिति बनाएको २१ दिन बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले समितिको बैठक बोलाएका छैनन्। यसबीचमा समितिको बैठकमा छलफल हुनुको साटो दलहरू भागबण्डामै केन्द्रित हुनथालेपछि भट्टराईले राजीनामा दिएको स्वीकारे ।

यसअघि चैत ६ गते अघिल्लो गभर्नर डा.चिरन्जीवी नेपालको कार्यकाल सकिएपनि नेकपा एमालेकै सरकारको ढिलाईका कारण २०७६ चैत २४ गतेमात्र महाप्रसाद अधिकारीलाई गभर्नर नियुक्ती गरिएको थियो ।

आफू अनुकुल गभर्नर नियुक्ती गर्नका लागि सरकारले उमेरहदको मापदण्डलाई नै परिवर्तन गरेको विषयलाई लिएरसर्वोच्च अदालतमा समेत रिट परेको छ। त्यसको सुनुवाइ पनि धकेलिरहेको छ । समितिमा अर्का अर्थविद् डा.विश्व पौडेल छन् । उनी भने समितिको बारेमा मौन रहदै आएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ